काँग्रेस नेता शाही : कात्तिक १५ पछि कर्णालीमा माओवादी सरकार रहँदैन

सुर्खेत । नेपाली काँग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले केन्द्रको निर्देशनमा कर्णालीमा भएको सम्झौतामा फरक नपर्ने बताएका छन् । मुख्यमन्त्री बन्ने पर्खाईमा रहेका शाहीले कात्तिक १५ गतेपछि माओवादी केन्द्रसँग भएको सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

आलोपालो सरकार सञ्चालनको सम्झौतामा माओवादीले बेइमानी गरे काँग्रेसले साथ नदिने पनि बताए । केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली काँग्रेसले नपाउने चर्चा भइरहेको बेला शाहीले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आफूले गरेको सम्झौता विपरीत केन्द्रबाट निर्देशन आए पनि आफूले नमान्ने बताए । अब एमालेसँग मिले मात्र माओवादी सरकारको निरन्तरता सम्भव हुने उनको भनाइ छ ।

काँग्रेस नेता शाही : कात्तिक १५ पछि कर्णालीमा माओवादी सरकार रहँदैन

अमेरिकाद्वारा नेपाललाई एक लाख बढी फाइजर खोप

काँग्रेस नेता शाही : कात्तिक १५ पछि कर्णालीमा माओवादी सरकार रहँदैन

चीनमा कोरोना भाइरस पुन: फैलिन थाल्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *