सिनामंगलबाट समातिए ११ जना अफगान नागरिक

काठमाडौं : काठमाडौंबाट ११ जना अफगानिस्तानका नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिनामंगलबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको हो। सोमबार बिहान उनीहरु बसिरहेको घरमा पुगेको ब्यूरोको टोलीले छापा हानेर नियन्त्रणमा लिएको ब्यूरो प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।

उनीहरु केही दिनअघि सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएका थिए। काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो। पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्यूरोले जनाएको छ।

काठमाडौंस्थित युएनएचसीआरले गुपचुपरुपमा अफगानिस्तानका नागरिकलाई अस्थायी आश्रय दिएर राखेपनि सरकारले थाहा पाएको थिएन।

मन्त्रालयको निर्देशनपछि दक्षिणतर्फको सीमा नाकालाई कडाआइतबार मात्रै यसबारे जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ।

सिनामंगलबाट समातिए ११ जना अफगान नागरिक

जनगणना सम्बन्धी कार्यशाला गोष्ठी

सिनामंगलबाट समातिए ११ जना अफगान नागरिक

राजनीतिक दलहरूबीच सहमतिबिना एमसिसी पास हुँदैन :

Leave a comment

Your email address will not be published. Required fields are marked *