स्वास्थ्य शाखा प्रमुखले मुख खाेले आफु निर्दोष रहेको दाबि, पिडित परिवारले भने कानुनी विधि खाेज्दै

दुर्गा विसी
एम्बुलेन्स खाेज्दा खाेज्दै ज्यान गुमाएका वुढाकाे मृत्यु पश्चात् स्वास्थ्य संयोजक वासुदेव पोख्रेलले यसमा आफु दाेषि नभए प्रतिक्रिया दिएका छन् ।सामाजिक सञ्जाल मार्फत आफु अन्यायमा परेको जनाएका छन् ।

उहाँले पाेष्ट गरेको कुरा जस्ताकाे तस्तै -१००/१५० जनाले घर घेरेर आफूले तयार गरेर ल्याएको कागजमा सही नगरे घरमा आगो लगाएर मार्छौ भनेर मलाई आफै लेखेर ल्याएको कागजमा सही गराइयो।जबकि मेरो कुनै गल्ति छैन।

म एम्बुलेन्स ड्राइभर हो र?मेरो घरमा एम्बुलेन्स थियो र ?
मेरो आदेश बाट एम्बुलेन्स चल्ने हो र ?देवस्थल स्वास्थ्य चौकीको इन्चार्जले बिरामी ११ बजे भेटे पछि उचित उपचार को लागि रेफर गर्नु पर्ने होइन र ?

देवस्थल हेपो बाट ५ मिनेट को दूरी मा एम्बुलेन्सको ड्राइभर को घर छ । समयमा किन उ बोलाउन गईन ?
मेरो फोन नउठे पछि ५० मीटर को दूरीमा गएर ड्राइभर लाई किन बोलाईन् ?५ घण्टा सम्म उ के गरेर बसी?
उसले आफ्नो लापरबाही लाई ढाकछोप लुकाउन नभएका कुरा हरु लगाएर आन्दोलन गर्ने उ अपराधी होइन र?
एम्बुलेन्स नदिएर बिरामी मर्यो भनेर आरोप लगाएकी छ।एम्बुलेन्स नदिएको भए के लिए बिरामी ल्याएको छ त?               

जबकि ड्राइभरले थाहा पाउने बित्तिकै बिरामी लिन गएको उल्टै धम्की दिई आफै लेखेर ल्याएको कागजमा सही गराई।पोख्रेलले सबै दाेष देवस्थल स्वास्थ्य चौकी इन्चार्ज भुमा वलि माथि थुपार्ने काम गरेका छन् ।

मृतक वुढा वलिका दाइ हुन ।पोख्रेलले मेराे घर ताेडफाेडसँगै घरमा चारैतिरबाट अागाे सल्काउन सुरु गरे पछि डरले क्षमा याचना त्यो पनि वलिले शाखाकाे लेटर प्याडमा आफै लेखेर ल्याएका र सहि गर्न बाध्य भएको जनाएका छन्।उनको यस्तो प्रतिक्रिया पछि अब पिडित परिवार भने क्षमा याचना पत्रलाई अाधार मानेर मुद्दा दायर गर्ने मनसायमा पुगेको वुझिएको छ ।

एम्बुलेन्स खाेज्दा खोज्दै सल्लिवजारका व्यापारी भाेला वुढाकाे विहान पौने ५ वजेकाे समयमा मृत्यु भएको थियोे ।काेभिडकै कारण उनको मृत्यु भएको पुष्टि समेत भएको छ ।               

परिवार र अाफ्नाे ज्यान सुरक्षाको लागि उक्त दिन साे पत्रमा सहि गर्न वाध्य भएको उनको धारणा छ ।नगरपालिकासँगै स्वास्थ्य शाखालाइ स्थानीयकाे समाजिक सञ्जाल यत्रतत्र चौतर्फी विराेध समेत भएको छ ।

उक्त घटनाको रुपलाइ लिएर जनप्रतिनिधि र शाखा प्रमुखलाई अच्चाक्लि गालि गलौच समेत भएको छ ।समयमै एम्बुलेन्स पाएको भए वुढालाइ वचाउन सक्ने अाधार रहेको परिवारकाे भनाइ छ ।

एम्बुलेन्स खाेजिकाे लागि शाखा प्रमुखको निवासमा पुगे पनि उनको परिवारले घरमा नभएको जानकारी दिएका थिए ।अर्को कुरा नगरमा ल्याव टेक्निसियन हुदाहुदै समेत करार अनमिबाट काेभिड चेकजाँच हुने कुरामा समेत चौतर्फी विराेध देखिएको छ ।

त्यसै गरि बनगाड कुपिण्डे नगरपालिका प्रमुख गाेविन्द कुमार पुन र उप प्रमुख मञ्जु यरिद्वारा समेत छानबिन गरि कारवाहि गर्ने भनेरै विज्ञप्ति समेत प्रकाशि भैसकेको छ ।घटना सबै जिम्मेवारी लिएका शाखा प्रमुखले भिडकाे त्रासबाट बच्नका लागि उक्त पत्रमा हस्ताक्षर गरेको जनाएका छन् ।

स्वास्थ्य शाखा प्रमुखले मुख खाेले आफु निर्दोष रहेको दाबि, पिडित परिवारले भने कानुनी विधि खाेज्दै

कर्णालीमा थपिए ४८० कोरोना संक्रमित, ३७७ जना

स्वास्थ्य शाखा प्रमुखले मुख खाेले आफु निर्दोष रहेको दाबि, पिडित परिवारले भने कानुनी विधि खाेज्दै

YUGAAWHAN NATIONAL DAILY (2078-02-12)

Leave a comment

Your email address will not be published. Required fields are marked *