कर्णालीमा थपिए ४८० कोरोना संक्रमित, ३७७ जना डिस्चार्ज

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ४८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
६०१ जनामा गरिएको आरटी पीसिआर विधिबाट २१५ र ७४१ जनामा गरिएको एन्टिजेन विधिबाट २६५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै ३७७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन भने ६ हजार २९५ जना सक्रिय संक्रमित रहेका छन् ।
कर्णालीमा पछिल्लो २४ घण्टाको अवधिमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना जुम्ला, एकजना सल्यान र एक जना सुर्खेतका छन् ।
यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१७ पुगेको छ । पछिल्लो केही दिन भने मृतकको संख्यामा कमी आएको छ ।






