कविता

 

गयौँ तिमी हामिलाई बिचमै छोडेर
हरायौँ तिमी सबैको मन फोडेर
तिम्रा ति आनिवानी सम्झेर
भित्रै देखि आउँछ यो मन रुझेर ।

जान थियो गयौँ तिमी सबैलाई रुँवाएर
पाउने भए तिमिलाई ल्याउँथे अमृत बोकेर
लग्यो तिमिलाई पापि दैवले ट्यापै टिपेर
मन रुन्छ यो ज्यादै तिमिलाई सम्झेर।

प्रगति गर्दै छौं हामी तिमिलाई मनमा राखेर
एकदिन आउने छौं हामी यो धर्ती छोडेर
स्वर्गमा बास होस् भनी गर्दछौं कामना
अनि भन्दछौं तिमिलाई हृदय देखि नै हार्दिक समवेदना।

ललित कुमार चलाउने छेत्री
सैनिक आवासीय मा.वि, सुर्खेत (पाचौं ब्याच) 
सै.आ.मा.वि (कलेज प्रथम ब्याच)

ललित कुमार चलाउनेले सैनिक आवासीय माद्यामीक विद्यालय मङ्गलगढि सुर्खेतमा अध्ययनरत पाचौं ब्याचका लगनशील, मेहनती, मिलनसार चलाउनेका मित्र सुदिप बोहोरा क्यान्सर रोगको कारणले कक्षा आठमा अध्ययनरत रहँदा उपचारको क्रममा निधन भएको थियो । उनलाई हार्दिक समवेदनाका साथै उनको सम्झनामा  याे कविता रचेका हुन् ।

कविता

चक्रवात ‘यास्’ को असर नेपालमा, सतर्कता अपनाउन

कविता

मैले किनेको सामान विदेशी अनुदान होइन :

Leave a comment

Your email address will not be published. Required fields are marked *