चक्रवात ‘यास्’ को असर नेपालमा, सतर्कता अपनाउन आग्रह

सुर्खेत ।  बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात ‘यास्’ को असर नेपालमा पनि परेको छ। जसकारण देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

यसको असर शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो चक्रवात उत्तरदेखि उत्तरपश्चिमतर्फ जाने अनुमान गरिएको छ।

आज साँझसम्म चक्रवात अझ शक्तिशाली हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। यस प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

https://www.facebook.com/dhmweather/posts/794959894746431

चक्रवात ‘यास्’ को असर नेपालमा, सतर्कता अपनाउन आग्रह

आज सुनको मुल्य घट्यो

चक्रवात ‘यास्’ को असर नेपालमा, सतर्कता अपनाउन आग्रह

कविता

Leave a comment

Your email address will not be published. Required fields are marked *