देउती अस्पताकाे नयाँ याेजना सुर्खेतका पत्रकारहरुलाई उपचारमा १० हजार छुट दिने

सुर्खेत । सुर्खेतस्थित देउती अस्पताल प्रालिले सुर्खेतमा कार्यरत पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको छ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती अस्पतालले आइतवार उपचार शुल्कमा १० हजार बराबरको उपचार खर्चमा छुट दिने घोषणा गरेको हो ।


अस्पतालका प्रवन्ध निर्देशक डा. लोकेन्द्र थापाले पत्रकारहरु पनि समाजमा हरेक घटनामा अग्रपंक्तिमा खटिने भएकोले महासंघ सुर्खेत शाखाको समन्वयमा सुर्खेतका पत्रकारहरुलाई उपचार सेवामा १० हजार बराबरको छुट दिइने बताए ।

उनले पत्रकारहरुसँग देउती अस्पताल सहकार्य गरेर जान चाहेकोले यो घोषणा गरेको उल्लेख गरे । केही दिनभित्र महासंघ र अस्पतालवीच सो सम्वन्धमा लिखित सहमति गरिनेछ ।

प्रवन्ध निर्देशक डा. थापाले प्रदेशमै पहिलो पटक ३२ स्लाइसको सिटी स्क्यान सेवा संचालन गरिएको, गुणस्तरीय ल्याव सेवा समेत संचालन गरिएको जनाए । साथै आईसियु र भेन्टिलेर सेवा पनि केही दिनमै संचालन गरिने उनको भनाइ छ ।

देउती अस्पताल प्रालिका डा. शुभ श्रेष्ठले देउती अस्पतालले कर्णाली प्रदेशमै नयाँ सेवासुविधाहरु थप गरेर उपचार थालिएको दावी गरे । उनले भाँच्चिएको हिप जोडेर प्रदेशमै पहिलो पटक नयाँ काम गरेको उल्लेख गरे ।

साथै अस्पतालले बाहिरबाट दक्ष चिकित्सक ल्याएर सुपर विशेषज्ञ सेवा पनि संचालन गरिएको जानकारी दिए । उनले अस्पतालबाटै सेवा दिएर यहाँका बिरामी बाहिर जान नदिन आफूहरु प्रयासरत रहेको बताए ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले देउती अस्पतालले महासंघसँग सहकार्य गरेर पत्रकारहरुलाई उपचार शुल्कमा १० हजारसम्म छुट दिने घोषणा गरेकोमा धन्यवाद दिए ।

उनले आगामी दिनमा पनि महासंघ सहकार्य गरेर जान तयार रहेको बताउँदै यसबाट जिल्लाका पत्रकारहरुको स्वास्थ्य सेवामा आर्थिक व्ययभारमा केही राहत महसुस गर्ने बताए ।

सो अवसरमा देउती अस्पताल प्रालिले नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिहरुलाई सम्मानसमेत गरेको छ । सम्मान कार्यक्रममा देउती अस्पतालका संचालकहरु डा. पारश पौडेलसहित, डा. अम्बु थापा, डा. कविता थापासमेतको उपस्थिति थियो ।

देउती अस्पताकाे नयाँ याेजना सुर्खेतका पत्रकारहरुलाई उपचारमा १० हजार छुट दिने

आइतबार मात्रै २८ जनाको मृत्यु

देउती अस्पताकाे नयाँ याेजना सुर्खेतका पत्रकारहरुलाई उपचारमा १० हजार छुट दिने

फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदको पद

Leave a comment

Your email address will not be published. Required fields are marked *