भारतको उत्तराखण्डमा हिम ताल फुट्दा आठकोे मृत्यु, कैयौँ घाइते

एजेन्सी । भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय सेनाले जनाएको छ ।

चीनसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेर तल्लो क्षेत्रमा बाढी आएको उत्तराखण्डका मुख्यमन्त्री तीर्थ सिंह रावतले पुष्टि गरे ।

उनले घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र छ घाइतेको स्वास्थ्य गम्भीर अवस्थामा रहेको बताए। घटनापछि विभिन्न स्थान फसेका करिब चार सय व्यक्तिलाई उद्धार गरिएको पनि उहाँले बताउनुभयो । हिम ताल फुटेपछि नजिकै सडक निर्माणमा खटिएका कामदारका दुई शिविरमा असर परेको थियो ।

हिमताल शुक्रबार अपरान्ह फुटेको भएपनि खराब मौसमका कारण शुक्रबार बेलुका उद्धारका लागि कठिनाइ भएको भारतीय सेनाले जनाएको छ । शनिबार बिहानैदेखि उद्धारको काम भएको र अहिले पनि अरु केहीको मृत्यु भएको हुन सक्ने आशङ्कामा खोजी भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमताल फुटेर गएको बाढी तथा पहिरोका कारण सो क्षेत्रको सडक सञ्जालमा अवरोध आएको छ। चमोलीमा फेबु्रअरीमा पनि हिमताल फुटेर बाढी आउँदा कम्तीमा ७० जनाको ज्यान गएको थियो।

भारतको उत्तराखण्डमा हिम ताल फुट्दा आठकोे मृत्यु, कैयौँ घाइते

विश्वमा एकै दिन थपिए ८ लाख १७

भारतको उत्तराखण्डमा हिम ताल फुट्दा आठकोे मृत्यु, कैयौँ घाइते

बगदादको कोरोना अस्पतालमा आगलागी, २३ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *