बाँकेमा उच्च सतर्कता, सिमानामा आवजावतमा रोक

बाँके – भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण बढेपछि बाँकेमा पनि उच्च सतर्कता अपनाइएको छ ।

जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बुधवार बसेको बैठकले जमुनाह नाकामा उच्च सावधानी अपनाउने तथा जिल्लाभरि अन्य पूर्व तयारी गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक कामबाहेक सामान्य किनमेलका लागि सीमापारि हुने आवतजावतमा रोक लगाउने निर्णय गरेको हो बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार सीमानाकाबाट आउनेहरुको आवागमनलाई व्यवस्थित गरेर दैनिक अभिलेख राखिने भएको छ ।

साथै उहाँले स्वास्थ्य डेस्कमा नेपाल प्रवेश गर्ने सबै नागरिकहरुको अनिवार्य स्वास्थ्य परीक्षण गरिने बताउनु भएको छ । लक्षण भएका नागरिकहरुको एन्टिजेन परीक्षण गरिने तथा सामान्य अवस्थाका व्यक्तिलाई कम्तीमा १० दिन स्वास्थ्यका मापदण्ड पूरा गरी घरमै क्वरेण्टीनमा बस्ने गरी पठाउने तयारी गरिएको छ। यस्तै गम्भिर प्रकृतिकालाई भेरी अस्पतालमा पठाइने भएको छ ।

बाँकेमा उच्च सतर्कता, सिमानामा आवजावतमा रोक

सांसदको शैक्षिक योग्यता : ‘अण्डर एसएलसी’ देखि

बाँकेमा उच्च सतर्कता, सिमानामा आवजावतमा रोक

खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!