अमेरिकाले पाकिस्तानको आकाशबाट अफगानिस्तानमा सैन्य अभियान चलाउने

काठमाडौं : अफगानिस्तानमा सैन्य तथा गोप्य अभियानका लागि अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोगलाई लिएर एक औपचारिक सम्झौता गरेको खुलेको छ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार पाकिस्तानले आतंकवादविरुद्धको अभियान तथा भारतसँगको सम्बन्ध सुधारको बदलामा आफ्नो देशमा हवाई बेस राख्ने गरी अमेरिकासँग सम्झौता गर्न रुचि देखाएको हो।

यो सम्झौताबारे अमेरिकाले शनिबार संसदलाई जानकारी गराएको बीबीसले जनाएको छ। तर पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले भने यो सम्झौता भएको भन्ने कुरालाई अस्वीकार गरेका छन्।

अमेरिकासँग कुनै खालको सम्झौता नभए पनि क्षेत्रीय सुरक्षा र आतंकवादविरुद्ध लड्न दुवै देश सहमत भएको पाकिस्तानको दाबी छ। अफगानिस्तानबाट बाहिरिएपछि अमेरिकाले दक्षिण एसियाली देशमै बसेर तालिबानविरुद्ध निगरानी बढाउने योजनाअनुसार पाकिस्तानबाट सैन्य अभियान चलाउने तयारी गरेको हो।

अमेरिकाले पाकिस्तानको आकाशबाट अफगानिस्तानमा सैन्य अभियान चलाउने

क्वारेन्टाइनु उपन्यास सार्वजनिक

अमेरिकाले पाकिस्तानको आकाशबाट अफगानिस्तानमा सैन्य अभियान चलाउने

नेप्से २७ अंकले बढ्यो, व्यापारबाहेक सबै उकालो

Leave a comment

Your email address will not be published. Required fields are marked *