क्वारेन्टाइनु उपन्यास सार्वजनिक

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषद्का उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति क्वारेन्टाइनू उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजनिक भएको हाे ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,अनेसास बोर्ड परिषद्का अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा.लक्ष्मणप्रसाद गौतम, अनेसास बोर्ड परिषद्का सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइँटेल, वरिष्ठ आख्यानकार पुष्कर लोहनी, साहित्यकार रामप्रसाद दाहालले कृतिलाई सार्वजनिक गरेका हुन् ।

अनेसास नेपाल च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा साहित्यकारहरू जीवा लामिछाने, कृष्ण धरावासी, प्रतीक ढकाल, अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेत, सचिव विमला निरौला, सदस्य डा. रेणुका सोलु, अनेसासका पूर्व उपाध्यक्ष प्रकाश नेपाल, अनेसास बोस्टन च्याप्टरकी अध्यक्ष दीपा राई पुन, साहित्यकारहरू रामप्रसाद दाहाल, लीला लुइँटेल, मीरा गोतामे, नेत्रबन्धु पोख्रेल आदिको पनि उपस्थिति रहेको थियो ।

अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा अनेसास नेपाल च्याप्टरका उपाध्यक्षहरू दिव्य गिरी, राजेन्द्र के.सी., गीता कार्की, गीता मैनाली, सरिता अर्याल तथा सदस्यहरू मन्जिला अनिल, रमेश दाहाल, कमला रिसाल, सुमन वर्षा, मधु पाठक, अर्जुन थापालगायतको पनि उपस्थिति रहेको थियो ।

क्वारेन्टाइनु उपन्यास सार्वजनिक

एमालेका १० नम्बरीहरुलाई ओलिबाकाे झड्का

Leave a comment

Your email address will not be published. Required fields are marked *