एमालेका १० नम्बरीहरुलाई ओलिबाकाे झड्का

माधब नेपाललाई घरको न घाटको बनाएर गएका एमालेका १० नम्बरीहरुलाई ओलिबाले नराम्रो झड्का हानेर छोडेकाछन । पाटि फुटेर माधब अलग्गीयनि एमालेमा १० बुँदे सहमति कायम गराएर एमालेभित्रै दाइँहालेर मस्ति काटने सोच बनाएका भीम रावल लगायतको टिमले ल्याएको १० बुँदेको कुनै औचित्य छैन पाटि फुटि सकेछि फेरि केको १० बुँदे भनेर थर्काएछि अब १० बुँदेका पारखीहरु घरका नघाटका भा छन ।
अब ती कमरेडहरुलाई नत एमालेले पत्याउने न माधबले पत्याउने रु विचराहरु अब यीनरु हेर्नेलाएक अनुहार लिएर कैलेको पाटि अफिस त कैलेको घर गर्नु पर्ने अबस्थाँपो पुगे त हँ । रावलले त ओलिलाई थर्काउन राजीनामा समेत देरे त्यो त्यो दस बुँदे बनाउने कमिटियाट भन्छन तर त्यो मोरो कार्यान्वयनै गर्न नमान्या कमिटीको राजीनामाले ओलिबालाई के लछार्छ र रु साँच्चै ओलिबाको मुटुचाइँ तगडै हो के मनले आँटि सकेछि कसैसित नडराउने के ।

पाटियाँ गुठ बनाएर हिँड्न खोज्नेलाई पेलेरै लान्छु र अब ओलिका दुष्मनको एमाल्याँ खैर छैन भनेर एकोहोरो लाग्या ओलिबाले यो ३र४ मैना अबधियाँ दुष्मन जतिलाई टर्चलाएर खोज्दानि नभेटिने बनाएछि अब पाटियाँ नि ओलिबाले जजस्लाई नेता बनाउन चायो तिनै तिनैलाई नेता बनाउने त होलाननि । ओलिबाको ऐल्यै त यत्रो शेखिछ । गोडाएक मैनापछि हुने महाधिवेशनाँ निर्विरोध पाटि अध्यक्ष भए भने त ओलिबाले कसैलाई बस्न खान दिन्नन कि जस्तो पो लाग्न थाल्यो त हँ ।
ऐलेको उनको पारा हेर्दै र विधान अधिबेशना छोड्या झिल्कालाई हेर्दा त कुनचाइँ निस्केला र ओलिबाको प्रतिद्वन्दी रु त्यसैलेनि अब ओलिबाले पाटि हाँकेहाँके यसाँ अरु कसैले जोडबल नगरेनि हुन्छ । सबभन्दा मर्नु त १० बुँदेका तिनै दसजनालाई पो हुने भो त गाँठे । हेर यिनरले आफ्नो राजनीतिक भविष्य काँ लयर दाउलाउँछन रु जयहोस कमरेडहरु ।






