कोरोना संक्रमितका कुरुवालाई पौष्टिक खाना

सुर्खेत । वीरेन्द्रनगरका केही युवाहरुले कोरोना संक्रमितका कुरुवालाई निःशुल्क पौष्टिक खाना खुवाउँदै अभियान थालेको छ । वीरेन्द्रनगरमा बस्दै आएका युवाहरुले प्रदेश अस्पताल सुर्खेतमा रहेका संक्रमित र कुरुवालाई पौष्टिक खाना खुवाउने अभियान थालेका हुन् ।
‘विपतका सारथी कर्णालीका युवाहरु’ नामक अभियानले सञ्चालन गरेर दैनिक ७० जना संक्रमित र कुरुवालाई खाना खुवाउँदै आएको अभियन्ता गीता कटुवालले जनाकारी दिइन् । जेठ ७ गतेबाट निःशुल्क पौष्टिक खाना खुवाउने अभियाना थालेका उनीहरुले करिव तीन महिनासम्म अभियानलाई निरन्तरता दिने उद्देश्य राखेका छन् ।

कोरोना महामारीमा संक्रमितलाई सहयोग पु¥योउने उद्देश्यले अभियान थालिएको अभियानका संयोजक ममता अधिकारीले बताइन् । अभियानमा १५ जना युवाहरु संलग्न छन् । उनीहरु खाद्यान्न र केही रकम संकलन गरेर अभियान सुरु गरेका हुन् ।






