विपन्न र असहायको दाहसंस्कार निशुल्क

सुर्खेत । कोरोना संक्रमणबाट मृत्यु भएका विपन्न र असहाय नागरिकको निःशुल्क दाहसंस्कार हुने भएको छ । चिता बनाउन सक्ने अवस्था नभएको खण्डमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, औधोगिक क्षेत्र व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर नगरपालिका र सुर्खेत उद्योग बाणिज्य संघले निःशुल्क दाहसंस्कारको व्यवस्थापन गर्ने भएका हुन् ।
स्वास्थ्य कार्यालयले वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले सुर्खेतसँग समन्वय गर्ने छ भने सुर्खेत उद्योग बाणिज्य संघ सुर्खेतले वा वीरेन्द्रनगर नगरपालिकाको शववाहन उपलब्ध गराउने छ । जसका लागि कर्णाली प्रदेश अस्पतालले जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, नेपाली सेना, वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले यसको व्यवस्थापन गर्नेछन् ।
आइतबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको कोरोनासंकट व्यवस्थापन समितिको बैटकले अन्य संक्रमितको शव व्यवस्थापनका लागि पनि सहुलियत दरमा दाउरा उपलब्ध गराउन पहल गरेको छ । समितिले भेरी नदीको किनारमा रहेको शव घाटमा आवश्यक पर्ने दाउरा सहुलियत दरमा उपलब्ध गराउनको लागि सो क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिसँग समन्वय गरिदिन डिभिजन वन कार्यालय सुर्खेतलाई अनुरोध गरेको छ ।






