गले रामदेव, भने – ‘म चिकित्सा विज्ञानको विरोधी होइन’

एजेन्सी । भारतीय योगगुरु रामदेवले आफू आधुनिक चिकित्सा विज्ञान र एलोपेथी उपचार पद्धतीको विरोधी नभएको बताएका छन् ।

रामदेवले पटक–पटक आधुनिक चिकित्सा पद्धतिमाथि अनावश्यक ढंगले प्रश्न उठाउने र होच्याउने काम गर्दै आएका थिए ।

त्यस्ता विवादास्पद बयान फिर्ता लिन भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनले पत्र नै पठाएपछि रामदेवले क्षमायाचना गरेका हुन्।

स्वास्थ्यमन्त्रीले पठाएको पत्रमा कोरोना महामारीविरुद्ध लडिरहेका योद्धाहरूको अपमान गर्दै रामदेवले देशको भावनामा गहिरो ठेस पुर्‍याएकोले आपत्तिजनक वक्तव्य फिर्ता लिन लेखिएको थियो।

त्यसपछि रामदेवले आधुनिक चिकित्सा विज्ञान र एलोपेथी उपचार पद्धतिमाथि गरेको कटाक्षप्रति स्वयंले खेद प्रकट गरेका बीबीसी हिन्दीमा खबर छ।

सामाजिक सञ्जालमा रामदेवले आफैंमाथि खेद प्रकट गरेको पत्र सार्वजनिक गरेका छन्। सो पत्रमा उनले लेखेका छन्, ‘यस्ता विवादलाई खेदपूर्वक विश्राम दिँदै म आफ्नो वक्तव्य फिर्ता लिन्छु।’

गले रामदेव, भने – ‘म चिकित्सा विज्ञानको विरोधी होइन’

माधव नेपाल पक्षका सांसद सिंहदरबारमा

गले रामदेव, भने – ‘म चिकित्सा विज्ञानको विरोधी होइन’

केबलकार चुडिँदा इटालीमा १४ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *