माधव नेपाल पक्षका सांसद सिंहदरबारमा

नेकपा एमालेका नेता माधव नेपाल पक्षका सांसद सिंहदरबारमा भेला भएका छन्।  विपक्षी गठबन्धनका सांसदहरूले सर्वोच्चमा रिट दिने भएपछि नेपाल पक्षका सांसद सिंहदरबारमा जुटेका हुन्।

आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दिन लागेका छन्।

अरू दलका सांसदको हस्ताक्षर तयार भइसके पनि नेपाल पक्षका सांसदको हस्ताक्षर संकलन बाँकी रहेकोले आइतबार सर्वोच्चमा रिट दिइएको थिएन ।

सिंहदरबारस्थित लेखा समितिको हलमा नेपाल पक्षका सांसद अहिले छलफलमा जुटेका छन्। उनीहरूले हस्ताक्षर गरे पनि कति जनाले हस्ताक्षर गरेको खुलिसकेको छैन।

गत शुक्रबार प्रतिनिधि सभा विघटन भएपछि एमाले नेता नेपालसहित ५ दलले विरोध गरिरहेका छन्।

माधव नेपाल पक्षका सांसद सिंहदरबारमा

महामारीमा चुनाव : एक सीटमा मतदान गर्दा

माधव नेपाल पक्षका सांसद सिंहदरबारमा

गले रामदेव, भने – ‘म चिकित्सा विज्ञानको

Leave a comment

Your email address will not be published. Required fields are marked *