फुटबलको नयाँ जर्सीमा केटीएम सिटी

काठमाडौं । राष्ट्रिय फुटबल टिमले केटीएम सिटीको नयाँ जर्सी लगाउने भएको छ ।

विगत तीन वर्षदेखि केल्मीको जर्सी लगाउँदै आएको फुटबल टिमले अब केटीएम सिटीको जर्सी लगाउने भएको हो ।

केल्मीसंग तीन वर्षको सम्झौता सकिएसंगै फुटबल टिम नयाँ प्रायोजकको खोजीमा थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले टेण्डर प्रक्रियाबाट राष्ट्रिय फुटबल टिमलाई नयाँ प्रायोजक खोजेको हो ।

एन्फाले राष्ट्रिय टिमको जर्सीका लागि शेर्पा आउटडोरलाई नयाँ प्रायोजकको रुपमा छनोट गरेको छ ।

शेर्पा आउटडोरले केटीएम सिटीलाई राष्ट्रिय फुटबल टिमको जर्सीमा राख्नेछ ।

एन्फाले नयाँ तीन वर्षका लागि शेर्पा आउटडोरलाई राष्ट्रिय फुटबल टिमको प्रायोजकको रुपमा छनोट गरेको छ । यसको औपचारिक घोषणा हुन बाँकी छ ।

एन्फा स्रोतका अनुसार शेर्पा आउटडोरले वार्षिक १ करोड ५० लाख रुपैयाँ फुटबल संघलाई प्रायोजक वापतको रकम उपलब्ध गराउनेछ ।

शेर्पा आउटडोर सहित एडिडास लगायतका ब्राण्ड राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गर्न टेण्डर प्रक्रियामा सामेल थिए ।

घरेलु खेलकुदमा लोकप्रिय बनेको केल्मी भने टेण्डर प्रक्रियामा सामेल भएन । केल्मी पछिल्लो समय राष्ट्रिय महिला भलिबल टिमको मुख्य प्रायोजकको रुपमा रहेको छ ।

नेपालले त्रिदेशीय फुटबलमा भोली (बिहिबार) पहिलो खेल खेल्दैछ । नेपाली टिम केटीएम सिटीको जर्सी सहित मैदान उत्रने तयारी गरेको छ ।

फुटबलको नयाँ जर्सीमा केटीएम सिटी

सात प्रदेशमा ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’

Leave a comment

Your email address will not be published. Required fields are marked *