मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन एक हप्ते अल्टिमेटम

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने आफ्ना सांसदलाई ७ दिनभित्र हस्ताक्षर फिर्ता गर्न एमाले संसदीय दलले निर्देशन दिएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बुधबार बसेको बैठकले मुख्यमन्त्री राईविरुद्ध हस्ताक्षर गरि टेबल गरिएको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको जानकारी दिए ।
बैठकले संसदीय दलको विधान समेत पारित गरेको बताएका प्रमुख सचेतक राजभण्डारीले संसदीय बोर्ड समेत गठन गरिएको बताए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सदस्यहरुलाई ७ दिनभित्र हस्ताक्षर फिर्ता गर्न निर्देशन गरेको राजभण्डारीले बताए ।
हस्ताक्षर फिर्ता नभएको खण्डमा बोर्ड गठन गरिएको हुँदा अहिले नै के हुन्छ भन्नेतर्फ आफूहरुले नसोचेको उनले प्रस्टाए ।






