नेपाल पक्षमा ओलीलाई ‘प्रतिस्पष्टिकरण’ दिनेरनदिनेमा मत विभाजित, बुधबार साझा निर्णयमा पुग्ने

काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘स्पष्टिकरण’ दिने या नदिने भन्ने विषय बुधबार टुंगो लगाउने भएको छ।

ओली पक्षले स्पष्टिकरणको जवाफ पेश गर्न दिएको समयको अन्तिम दिन बुधबार भएकाले त्यसबारे ठोष निर्णय लिन नेपाल पक्षका नेताहरु काठमाडौँको एक घरमा छलफलमा जुटेका छन् ।

नेपाल पक्षका एक नेताका अनुसार उनको पक्षमा ओलीलाई ‘प्रतिस्पष्टिकरण’ सहित जवाफ दर्ता गर्ने या गर्दैन नगर्ने भन्ने दुई खाले धारणाहरु आएका छन् ।

छलफलबाट एकै खाले धारणा बनाउने कोशिश भएको उनले बताए । ‘ओलीले विधान उल्लंघन गरेका छन् । उनले गरेका गल्ती समावेश गरेर त्यसबारे प्रश्न गर्दै उनले पठाएको स्पष्टिकरणको जवाफ प्रतिस्पष्टकिरणसहित दिने की भन्नेबारे धारणा आएका छन् । अर्कोतिर जवाफ पनि नदिने प्रतिस्पष्टिकरण पनि नदिने भन्ने धारणा पनि आएका छन् । दुवै धारणबाट साझा धारणा निकाल्ने कोशिश हामीले गदैछौँ ।’

नेपालले मंगलबार ओलीको स्पष्टिकरणबाट आफू नतर्सेको भन्दै उनीसँग आत्मसमर्पण नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । आफू निकट अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै नेपालले ओलीले निर्देशन अनुसार काम गर्न स्थिति नभएको दाबी गरेका थिए ।

ओलीले सोमबार महासचिव ईश्वर पोखरेल मार्फत नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई केही साझा र केही अलग प्रश्नसहित स्पष्टिकरण पत्र पठाएका थिए ।

नेपाल पक्षमा ओलीलाई ‘प्रतिस्पष्टिकरण’ दिनेरनदिनेमा मत विभाजित, बुधबार साझा निर्णयमा पुग्ने

सी डिभिजन लिग : दुई खेल सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *