एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा भोलि ११ बजे बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
यही १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गर्नको लागि बैठक बोलाएको हो।
बैठक दुई दिनसम्म चल्नेछ । स्थायी कमिटीको बैठकले तीन वटा प्रतिवेदन केन्द्रीय कमिटीमा ल निर्णय गरेको थियो।






