बैतडीमा एक व्यापारी मृत फेला,

बैतडी । बैतडीमा एक व्यापारी मृत अवस्थामा फेला परेका छन् । सुर्नया गाउँपालिका ४ लेकडाँडा घर भई सन्सेरीमाण्डौमा मासु पसल गर्दै आएका ४५ वर्षीय कमल सिंह महरा मृत फेला परेका हुन् ।
महरा पसल अगाडि मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ । स्थानीयवासीले घटनाको छानबिन गर्न माग गरेका छन् ।






