नेता पौडेलले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पत्रकार सम्मेलन गर्दैछ। सभापति देउवाले मन्त्रिपरिषद बैठक क्रियाशील सदस्य लगायतमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट नेताले पत्रकार सम्मेलन गर्न लागेको नेता अमरेशकुमार सिंहले जानकारी दिएका छन । पत्रकार सम्मेलन (आज)दिउँसो साढे १२ बजे पार्टी कार्यालय सानेपामा गरिने सिंहको भनाइ छ।
क्रियाशील सदस्यतालाई लिएर कांग्रेसमा असन्तुष्टि कायमै छ । प्रदेश २ का सबै जिल्लासहित १३ जिल्लामा क्रियाशीलता विवाद अझै टुंगिएको छैन।


कांग्रेसको महाधिवेशन लगायतका विषयमा छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाले आजै अपरान्ह तीन बजे पदाधिकारी बैठक बोलाएका छन्। हिजो पनि बसेको बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको थियो। त्यसपछि देउवाले बैठक नै छाडेर हिँडेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

हिजोको बैठकमा केन्द्रीय महाधिवेशनको कार्यतालिकामा असर नगर्ने गरी दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि गर्ने सहमति जुटेको थियो।

नेता पौडेलले आकस्मिक पत्रकार सम्मेलन गर्दै

डब्लुएचओ : वायु प्रदूषणले वार्षिक ७० लाख

नेता पौडेलले आकस्मिक पत्रकार सम्मेलन गर्दै

बैतडीमा एक व्यापारी मृत फेला,

Leave a comment

Your email address will not be published. Required fields are marked *