पञ्जशीर उपत्यका नियन्त्रणको प्रयासमा तालिबान

काठमाडौं : अफगानिस्तानको राजधानी काबुलसहित अधिकांश प्रान्त नियन्त्रणमा लिएको तालिबानले पञ्जशीर उपत्यका नियन्त्रणका लागि आफ्ना लडाकु त्यसतर्फ पठाएको छ।

काबुलको उत्तरतर्फ रहेको पञ्जशीर हाल पूर्व मुजाहिदिन कमाण्डर अहमद शाह मसुदका छोरा अहमद मसुदको नियन्त्रणमा छ। आतंकवादी संगठन अलकायदाले अमेरिकी ट्विन टावरमा गरेको आक्रमणको दुई दिनअघि अहमद शाह मसुदको हत्या गरेको थियो।

तालिबानले आफ्नो ट्विटरमा पञ्जशीर प्रान्त शान्तिपूर्ण रुपमा हस्तान्तरण नगरेपछि इस्लामी इमिरेट्सका सयौं लडाकु युद्धका लागि त्यसतर्फ प्रस्थान गरेको उल्लेख गरेको छ। राजधानी काबुलमा तालिबानीको कब्जापछि हजारौं सर्वसाधारण पञ्जशीरतर्फ गएको बताइन्छ।

मसुदको नेतृत्वमा रहेको तालिबान विरोधी बलले तालिबानी लडाकुसँग युद्ध गर्न आफ्ना ९ हजार लडाकु जम्मा भएको दाबी गरेको छ। मसुदले साउदी अरबको मिडिया प्रसारक अल–अरेबियासँग पञ्जशीरमा कयौं अफगानी सरकारी सुरक्षा बल भागेर आएको बताएका छन्। उनले अफगानिस्तानको रक्षाका लागि आफूहरु तयार रहेको बताएका छन्।

पञ्जशीर उपत्यका नियन्त्रणको प्रयासमा तालिबान

इरानमा कोरोनाका कारण फेरि उच्च मृत्युदर

पञ्जशीर उपत्यका नियन्त्रणको प्रयासमा तालिबान

तालिबानले ‘मिडिया प्रोपोगाण्डा’ थाल्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!