भारत–इंग्ल्याण्ड एकदिवसीय सिरिज आजदेखि सुरु हुँदै

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको तीन एकदिवसीय सिरिजको पहिलो खेल आज हुँदै छ । नेपाली समयअनुसार पौने २ बजे खेल सुरु सिरिजको पहिलो खेल महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा हुनेछ ।
दोस्रो खेल शुक्रबार र अन्तिम एकदिवसीय सिरिज आगामी आइतबार हुने छ । यसअघि भएका टेस्ट र टी–२० को सिरिज भारतले आफ्नो पक्षमा पारेको थियो । इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा भारतका शिखर धवन र रोहित शर्माले ओपनिङ गर्ने भएका छन् ।
सोमबार आयोजित प्रेस कन्फ्रेन्समा कप्तान विराट कोहलीले धवन र रोहितले ओपनिङ गर्ने बताएका थिए ।






