कैलालीमा युवतीको मृत्युः चौकी घेर्न गएका प्रदर्शनकारीमाथि गोली, २ घाइते

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय लम्की घेराउ गर्न खोज्दा भिडलाई तितरबितर गर्न हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

गोली प्रहारबाट २ जना प्रदर्शनकारी घाइते भएको उनले बताए । घाइते दुवैजना थप उपचारका लागि कोहलपुर अस्पताल रेफर भएका छन् ।  उनीहरु मध्ये एक जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक थापाले बताए ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन् । उनीहरुलाई नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कैलालीमा युवतीको मृत्युः चौकी घेर्न गएका प्रदर्शनकारीमाथि गोली, २  घाइते

भारत–इंग्ल्याण्ड एकदिवसीय सिरिज आजदेखि सुरु हुँदै

कैलालीमा युवतीको मृत्युः चौकी घेर्न गएका प्रदर्शनकारीमाथि गोली, २  घाइते

इङ्ल्यान्ड र भारतबीच एक दिवसीय क्रिकेट शुरू

Leave a comment

Your email address will not be published. Required fields are marked *