इङ्ल्यान्ड र भारतबीच एक दिवसीय क्रिकेट शुरू

एजेन्सी । इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पूणेमा शुरू भएको छ । यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् ।
इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन् । पाँच खेलको टी२० क्रिकेट शृंखला ३–२ ले हारेको इङ्ल्यान्डले मोइन अलि र साम बिलिङ्सलाई टिममा पुनः बोलाएको छ ।
भारतीय टिममा पनि अलराउन्डर क्रुनाल पान्ड्या र मध्य तिब्र गतिका बलर प्रसिद्ध कृष्णलाई पहिलो पटक अवसर दिइएको छ । विकेट किपरको भूमिकामा रहने केएल राहुलले पाँचौं क्रममा ब्याटिङ गर्नेछन् ।
भारतीय कप्तान विराट कोहलीले आफूहरूले ब्याटिङ गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । भारतीय टिममा रोहित शर्मा, शिखर धवन, श्रेयस ऐयर, विराट कोहली, केएल राहुल, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रसिध कृष्ण रहेका छन् ।
यस्तै, इङ्ल्यान्ड टिममा जेसन रोय, जोन्नी बेयरस्ट, बेन स्टोक्स, इअन मोर्गन, जस बटलर, साम बिलिङ्स, मोइन अलि, साम कुरान, टम कुरान, अदिल रशिद र मार्क उड रहेका छन् ।






