रातमा मालवाहक सवारीसाधन चल्ने समय तोकिँदै

काठमाडौं । राजधानी उपत्यकाभित्र रातको समयमा मालवाहक सवारीसाधन चल्ने समय तोकिने भएको छ ।

सडकमा सवारीसाधनको चाप बढेकाले ट्राफिक जाम व्यवस्थित पार्न यस्तो योजना ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताएका छन् ।

उनका अनुसार लकडाउन खुलेपछि अहिले सडकमा सवारीसाधनको चाप बढ्दो छ। जसकारण ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ ।

‘लकडाउन खुलेपछि साविक अवस्थामा झैं सवारीसाधन चलेका छन्,’ उनले भने, ‘राजनीतिक कार्यक्रमहरू सडकमै हुने गरेको छ, त्यसैले ट्राफिक दबाब बढेको छ, यही समस्यालाई समाधान गर्न रातमा चल्ने मालवाहक सवारीसाधनलाई एक समयमा मात्रै चल्न दिने योजना बनाएका छौँ, छलफलबाट समय तोकेर लागू गर्छौं ।’

समय तोकेपछि सवारीसाधन स्वतस्स्फुर्त रूपमा चल्ने उनको बुझाई छ । उनका अनुसार अहिले सडकमा १६ लाख सवारीसाधन छन् ।  सडकको आकारले यति धेरै सवारीसाधन थेग्न सकिरहेको छैन ।

अधिकारीले थपे, ‘पहिला ५/६ लाखको हाराहारीमा सवारीसाधन चल्दा समस्या हुँदैन थियो, तर अहिले त समस्या बढ्दै गयो।’ उनले साना सवारीसाधन पीक आवरु अर्थात चापको समयमा बाहिर ननिकाल्न उद्योगी व्यवसायलाई अनुरोध गरेको बताए। स्कुल बसहरूलाई पनि अब निश्चित समयमा सिमित गर्ने उनले जानकारी दिए ।

रातमा मालवाहक सवारीसाधन चल्ने समय तोकिँदै

इङ्ल्यान्ड र भारतबीच एक दिवसीय क्रिकेट शुरू

रातमा मालवाहक सवारीसाधन चल्ने समय तोकिँदै

प्रदेश र केन्द्रिय महासंघले पत्रकारकाे नयाँ सदस्यता

Leave a comment

Your email address will not be published. Required fields are marked *