प्रदेश र केन्द्रिय महासंघले पत्रकारकाे नयाँ सदस्यता र नविकरण उल्टाएकाे आरोप

जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखा कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गरिएको छ । गरिएको हो । जुम्ला स्थित विभिन्न पत्रकार संगठनहरुले नेपाल पत्रकार महासंघले सिफारिस गरेर पठाएका नयाँ सदस्य तथा नविकरण प्राप्त नभए सम्म जारी रहने गरी महासंघमा उजुरी दिएर तालाबन्दी गरिएको छ । पत्रकार महासंघका पुर्वध्यक्ष समेत रहेका भिम सार्कीलेनै महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गर्दै पुर्वअध्यक्ष सार्कीले खारेजीमा परेका सदस्यहरुको सदस्य आउने र महासंघले सिफारिस गरेका सदस्य नआउने गरी नियतपुर्ण ढंगले भएको निर्णयलाई तत्काल सच्याउन माग गरेका छन् । वर्तमान अध्यक्ष बरमबहादुर महतको सिफारिसमा पठाएका सदस्यता नआएको प्रदेश तथा केन्द्रले हचुवाका भरमा गैर पत्रकारलाई सदस्यता दिएको प्रति जुम्लाका पत्रकार संगठनहरुले विरोध जनाएका‍े छ ।

महासंघमा दिएको उजुरीमा भनिएको छ,“केन्द्र र प्रदेश महासंघले नेपाल पत्रकार महासंघ जुम्लालाई राजनैतिक खोल ओडाएर विभाजन गर्न लगाएको यर्थातलाई चिर्न हामी करिब ७ वटा पत्रकार संगठनहरु विधि र विधान भित्र रहन केन्द्र र प्रदेश महासंघलाई आह्वान गर्दछौ ।” उजुरी बुझाउदै प्रेश यूनियनका अध्यक्ष इश्वरीप्रसाद देवकोटाले पत्रकार महासंघ गैर पत्रकारहरुको अखडा बन्दै गएको बताए ।

क्रियाशिल पत्रकारलाई सम्बोधन गर्ने कुरा त छदैछ । तर जिल्ला महासंघको सिफारिस बेगर नयाँ सदस्यता दिएर प्रदेश र केन्द्र जुम्ला महासंघलाई राजनैतिक अखडा बनाएको उनको आरोप छ । केन्द्र र प्रदेशले जुम्ला महासंघको निर्णय तथा सिफारिसलाई अक्षरांस पालना नगरे आसन्न चैत २५ गते तोकिएको निर्वाचन प्रभावित हुने समेत चेतावनी दिएका छन् ।

प्रेस सेन्टर, प्रेश यूनियन ,प्रेश चौतारी, पत्रकार समाज, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार समाज र प्रेश मञ्च सहित ७ वटा पत्रकार संगठनहरुले गैर पत्रकारको सदस्यता खारेज गर्नु पर्ने माग सहित उजुरी दिएर तालाबन्दी गरेका छन् । पत्रकार महासघ काठमान्डौले जुम्लाका १ सय ४ जना पत्रकारहरुको नामावली प्रकाशन गरेको छ । जसमध्य नियालेर हेर्दा ९० प्रतिशत गैर पत्रकार रहेका छन् ।

यस्तै २०७३  सालमा पनि पत्रकार महासंघ शाखा जुम्लाले नयाँ सदस्यताका लागि गएको नयाँ सदस्य वितरणमा एकलौटी रूपमा गैर पत्रकारहरुलाई सदस्याता दिलाएको भन्दै जुम्लाका क्रियाशिल पत्रकार र विभिन्न पत्रकार संघ संगठनले तालाबान्दी गरेका थिए ।

प्रदेश र केन्द्रिय महासंघले पत्रकारकाे नयाँ सदस्यता र नविकरण उल्टाएकाे आरोप

रातमा मालवाहक सवारीसाधन चल्ने समय तोकिँदै

प्रदेश र केन्द्रिय महासंघले पत्रकारकाे नयाँ सदस्यता र नविकरण उल्टाएकाे आरोप

म राजिनामा दिन्न !

Leave a comment

Your email address will not be published. Required fields are marked *