थ्री नेशन्स कप आजदेखि सुरु हुँदै, पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्ने

काठमाडौं । नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित थ्री नेशन्स कप फुटबल आजदेखि काठमाडौंमा शुरू हुँदैछ । आज साँझ साढे पाँच बजे खेलकुद मन्त्री दावा तामाङले उद्घाटन गर्ने छन् ।

खेलमा सबै स्वास्थ्य मापदण्ड अपनाइने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रतियोगितको पहिलो खेल बंगलादेश र कीर्गिस्तान भिडदैछन् । नेपालसहित सहभागी तीनवटै राष्ट्रले उपाधिमा दाबेदारी भन्दा पनि यो प्रतियोगितालाई प्रदर्शन सुधार्ने अवसरका रुपमा लिएका छन् ।

थ्री नेशन्स कप फुटबल प्रतियोगितालाई नेपालले अभ्यास खेलका रुपमा लिएको छ । प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जित हार भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा आफू केन्द्रित रहेको जनाएका छन् । विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलका लागि नेपालले ३ महिनादेखि तयारी गरिरहेको छ ।

नेपालको कप्तानी किरण चेम्जोङले गर्नेछन् । भारतमा आई लिग खेलिरहेका किरण यसै प्रतियोगिताका लागि नेपाल आएका छन् । यस्तै महर्जनले उपकप्तानको जिम्मेवारी अनुभवी मिडफिल्डर रोहित चन्दलाई दिएका छन्। विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेल रोकिएपछि निराश खेलाडी यो प्रतियोगिताले उत्साहित भएको रोहितले बताए ।

विश्वकप छनोटका खेल सरेपछि अखिल नेपाल फुटबल संघ एन्फाले कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा बंगलादेश र नेपालबाट सिनियर टोलीले नै खेल्नेछन् भने कीर्गिस्तानले २३ वर्ष मुनिको टोली पठाएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग १२ गते खेल्नेछ। १४ गते नेपालले बंगलादेशको सामना गर्नेछ । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्नेछ । कुल ४ खेल हुने प्रतियोगिताको फाइनल १६ गते हुनेछ ।

थ्री नेशन्स कप आजदेखि सुरु हुँदै, पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्ने

घरेलु मैदानमा इंग्ल्याण्ड माथि सधैं भारतको दवाव

थ्री नेशन्स कप आजदेखि सुरु हुँदै, पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्ने

भारत–इंग्ल्याण्ड एकदिवसीय सिरिज आजदेखि सुरु हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *