घरेलु मैदानमा इंग्ल्याण्ड माथि सधैं भारतको दवाव

टि–२० सिरिजमा जित निकालेपछि भारत अब इंग्ल्याण्डविरुद्ध एकदिवसीय सिरिजमा प्रतिष्पर्धा गर्दै छ । टेस्ट र टी–२० सिरिज जितेको घरेलु टोली एकदिवसियमा पनि सोही लय कायम राख्नका लागि मैदानमा हुनेछ ।

सिरिजका तीनै खेल पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा मंगलबारबाट सुरु भएकाे छ । भारतीय टिम घरेलु मैदानमा इंग्ल्याण्डविरुद्ध सधैं बलियो देखिएको छ । भारत पछिल्लो पटक डिसेम्बर १९८४ मा ४–१ ले इंग्ल्यान्डसँगण् घरेलु मैदानमा द्विपक्षीय सिरिजमा पराजित भएको थियो ।

घरेलु मैदानमा लगातार छैटौं सिरिज जित्ने मौका भारतीय टिमसँग छ । भारतले मार्च २००६ मा इंग्ल्यान्डलाई ५–१ ले पराजित गरेको थियो । त्यसपछि इंग्लिस टिमविरुद्ध लगातार पाँच खेलमा भारत हावी हुँदै आएको छ ।

दुई टिमबीच पछिल्लो समय हुन लागेको खेल भने चार वर्षपछि हो ।  भारतीय टिमले २०१७ को जनवरीमा घरेलु मैदानमा इंग्ल्याण्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेलेको थियो । जसमा इंग्ल्याण्ड २–१ ले पराजित भएको थियो ।

 

सालको पहिलो एकदिवसीय सिरिज खेल्दै भारत

भारत वर्षको पहिलो एकदिवसीय सिरिज खेल्दै छ । पछिल्लो सिरिजमा भारत पराजित भएको थियो। न्युजिल्यान्डसँग २०२० को फेब्रुअरी मा पराजित भएको भारत गत नोभेम्बरमा अस्ट्रेलियासँग पराजित भएको थियो।

 

हेड टु हेड

भारत र इंग्ल्याण्डबीच अहिलेसम्म कुल १८ द्विपक्षीय सिरिज भएका छन्। जसमा ९ पटक भारतले जित निकाल्दा ७ पटक इंग्ल्याण्ड विजयी भएको छ । २ सिरिज बराबरी भएको छ।

भारतमा दुई टिमबीच अहिलेसम्म ९ पटक प्रतिस्पर्धा भएको छ। जसमा भारतले ६ तथा इंग्ल्याण्डले केवल एक सिरिज जितेको छ । दुई टिमबीच अहिलेसम्म १०० एकदिवसीय खेल भएका छन् । जसमा भारतले ५३ तथा इङ्ग्लिस टिमले ४२ खेलमा जित निकालेको छ । ३ खेल नतिजाविहीन भए ।

भारतले इंग्ल्याण्डसँग समग्रमा घरेलु मैदानमा भने ४८ एकदिवसीय खेल खेलेको छ । जसमा ३१ खेलमा जित निकालेको छ भन १६ खेलमा हारेको छ। एक खेल बराबरी भएको छ ।

घरेलु मैदानमा इंग्ल्याण्ड माथि सधैं भारतको दवाव

YUGAAWHAN NATIONAL DAILY (2077-12-10)

घरेलु मैदानमा इंग्ल्याण्ड माथि सधैं भारतको दवाव

थ्री नेशन्स कप आजदेखि सुरु हुँदै, पहिलो

Leave a comment

Your email address will not be published. Required fields are marked *