संसारकै ठूलो डाइनोसोरको अवशेष ७.७ मिलियन डलरमा बेचियो

अहिलेसम्म फेला परेको ६.५ करोड वर्ष पुरानो संसारको सबैभन्दा ठूलो डाइनोसोर प्रजाति ((ट्राइसेरेटप्स)को अवशेष ७.७ मिलियन अमेरिकी डलर (करिब ९३ करोड रुपैयाँ) मा बेचिएको छ । स्नेहसाथ ‘बिग जोन’ नाम दिइएको उक्त अवशेष सुरुमा करिब १.७ मिलियन अमेरिकी डलर ९१.५ युरो) मा लिलामीमा राखिए पनि त्यसभन्दा बढी मूल्यमा बेचिएको हो । फ्रान्सको पेरिसस्थित ‘ड्रोउट अक्सन हाउस’मा बिहीबार दिउँसो कारोबार भएको थियो, जहाँ ‘बिग जोन’लाई अन्य संकलित अवशेष, उल्कापिण्ड र अन्य प्राकृतिक इतिहास झल्काउने कलाकृतिसँगै राखिएको थियो ।

उत्खननपछि माटोले पुरिएको उक्त डाइनोसरको अवशेष इटालीमा सुरक्षित रूपमा संगृहित गरिएको थियो, जहाँ पुरातत्वविद्ले यसको वास्तविक आकार पत्ता लगाएका थिए । करिब ९ फिट लामो खप्पर तथा साढे ६ फिट चौडाइ रहेको ‘बिग जोन’को अस्थिपञ्जर अझै ६० प्रतिशतभन्दा बढी दुरुस्त छ । युकेको नेचर हिस्ट्री म्युजियमका अनुसार ट्राइसेराटप्स खप्पर उद्विकासका क्रममा भएको प्राप्ति हो र यो उभयचरमध्ये अनौँठो पनि हो ।

यद्यपि, ‘बिग जोन’को बिक्रीबाट सबैजना उत्साहित हुने स्थिति चाहिँ छैन । यसअघि, सन् २०२० सेप्टेम्बरमा टिरानोसरस रेक्स ९स्टान० अवशेष अघिल्ला कीर्तिमान तोड्दै ३१.८ मिलियन अमेरिकी डलर (करिब साढे तीन अबै रुपैयाँ) मा बिक्री गरिएको थियो । यसप्रति सोसाइटी अफ भर्टेब्रेट प्यालेन्टोलोजी (एसभिपी) अक्सन हाउसमा विशेष चासो देखाएको थियो ।

‘अवशेषका नमूना निजी व्यक्तिलाई बेच्नु भनेको सम्भवतः विज्ञानका लागि नोक्सानी हो,’ एसभिपीले भनेको छ, ‘यदि वैज्ञानिकलाई अध्ययनका लागि पहुँच दिइए पनि निजी स्वामित्वमा रहेको नमूनाको सूचनाको दायरा सीमित हुन्छ र भविष्यमा अन्य अनुसन्धाताले यस्तो पहुँच पाउँछन् भन्ने कुनै ग्यारेन्टी हुँदैन । तसर्थ, वैज्ञानिक दाबीलाई प्रमाणीकरण गर्न मुस्किल पर्छ ।’

संसारकै ठूलो डाइनोसोरको अवशेष ७.७ मिलियन डलरमा बेचियो

एएफसी यू–२३ एसियन कप छनोटः नेपालले आज

संसारकै ठूलो डाइनोसोरको अवशेष ७.७ मिलियन डलरमा बेचियो

सोमबार १ लाख ६ सय ३० डोज

Leave a comment

Your email address will not be published. Required fields are marked *