कीट खरिद गरेर प्रदेश अस्पताललाई दिन सुर्खेतका स्थानीय तहलाई आग्रह

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्थानीय तहलाई पीसीआर र एक्स्ट्राक्सन कीट खरिद गरेर प्रदेश अस्पताललाई दिन आग्रह गरेको छ। कीट अभावले परीक्षणमा ढिलाइ भइरहेको भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो।

विगत एक वर्षदेखि प्रदेश अस्पतालको समन्वयमा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ।

परीक्षण गराउनेहरूको दायर बढेको र कीट अभाव भइरहेको भन्दै स्थानीय तहलाई तत्काल कीट खरिद गरेर अस्पताललाई दिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाए।

‘सुर्खेतमा परीक्षण गर्नुपर्ने नमुना अत्यधिक छन्,’ रिजालले भने, ‘प्रयोगशालामा कीट अभाव हुन थालेपछि सबै स्थानीय तहलाई कीट खरिद गरेर अस्पताललाई दिन आग्रह गरेका छौँ।’

संक्रमण तीव्र गतिमा फैलिएपछि सुर्खेतमा दैनिक ३०० देखि एक हजारसम्म नमुना परीक्षण हुँदै आएका छन् । सुर्खेतमा हाल तीन हजार ७९ जना सक्रिय संक्रमित छन्।

कीट खरिद गरेर प्रदेश अस्पताललाई दिन सुर्खेतका स्थानीय तहलाई आग्रह

अहिलेको सत्ता र व्यवस्था नै ठीक छैन,

कीट खरिद गरेर प्रदेश अस्पताललाई दिन सुर्खेतका स्थानीय तहलाई आग्रह

यौन सम्पर्कलाई आवश्यक ठान्नुहुन्न ?

Leave a comment

Your email address will not be published. Required fields are marked *