२०८३ जेष्ठ ३० गते
×

Now Playing

सलमानलाई ‘राधे’बाट सय करोड बढी नाफा

मुम्बई । अभिनेता सलमान खानमाझ चर्चाको विषय बनेको उनी अभिनित फिल्म ‘राधेःयोर मस्ट वान्टेड भाइ’ गत साता इदको अवसर पारेर रिलिज भइसकेको छ ।

यो फिल्म थिएटर र ओटीटी प्लेटफर्म जीप्लेक्समा एकसाथ रिलिज भएको हो । ओटीटी प्लेटर्फममा ठूलो मात्रामा टिकट बिक्री गरेर रिलिज भएको सम्भवत यो नै पहिलो फिल्म हो ।

बलिउड हंगामाका अनुसार फिल्म रिलिज हुनासाथ यसले कस्तो समीक्षा पाउने र बक्सअफिस कलेक्सन कस्तो हुने चासो सबैतिर थियो ।

डिजिटल प्लेटफर्मको पेप पर भ्यूमा प्रति टिकट दुई सय ४९ रुपैंयाँ टिकट तोकिएपछि यो मूल्यमा फिल्म हेर्ने दर्शक उल्लेख्य थिए । निर्माताले यो फिल्म ‘जी’लाई १ सय ९० करोड रुपैंयाँमा बेचेका थिए ।

फिल्मको प्रोडक्सन मूल्य ९० करोड हो । फिल्मका एक निर्मातासमेत रहेका सलमानले फिल्मबाट सय करोड बढी नाफा हात पारेका छन् ।

‘जी’सँग निर्माता र सलमानले २ सय ३० करोड रुपैंयाँको सम्झौता गरेका थिए । जसअनुसार सलमानले एक सय ३० करोड रुपैंयाँ नाफा हात पारेका छन् ।

अहिले सबैको ध्यान ‘जी’को डिजिटल प्लेटफर्मबाट कति पैसा उठ्छ भन्नेमा छ । किनकी फिल्म खरिदका लागि ‘जी’ले मोटो रकम लगानी गरेको छ ।

सलमानलाई ‘राधे’बाट सय करोड बढी नाफा

‘यो संविधान र व्यवस्था रहेसम्म जनतालाई निराश

सलमानलाई ‘राधे’बाट सय करोड बढी नाफा

रहेनन् हलिउड अभिनेता पल मुनी

Leave a comment

Your email address will not be published. Required fields are marked *