संसद् भवनमा विपक्ष गठबन्धनको बैठक सुरु

काठमाडौं : मध्ययरातमा संसद् विघटन गरिएसँगै उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक सुरु भएको छ।

संसद भवनको ल्होत्से हलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको संयुक्त बैठक बसिरहेको हो।

शुक्रबार विपक्ष गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै मध्यरातमै संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेकी थिइन्। सरकारले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते गरे दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेको छ

संसद विघटनविरुद्ध कानुनी उपचार खोज्ने – उपाध्यक्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *