नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण थाल्यो

काठमाडौं : इराकसँगको मैत्रिपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ।

राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहेको टोली आगामी मंगलबार चार्टर फ्लाइटबाट इराक जाँदै छ।

नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आगामी मंगलबार इराक जाने भएको हो। उतैबाट विश्वकप छनोट अन्तर्गत बाँकी रहेका तीन खेल खेल्न नेपाल इराकबाट तटस्थ स्थल कुवेत प्रस्थान गर्नेछ।

त्यसका लागि नेपाली फुटबल टोलीमा धेरै परिवर्तन हुँदा टोलीमा नयाँ अनुहारको इन्ट्री भएको छ भने केही पुराना खेलाडीले आराम पाएका छन्। दीर्घकालिन सोच राखेर टोलीको संयोजन गरेको मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए।

तालिका अनुसार नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ। इराकसँगको खेल पछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जाने छ। इराकसँग नै खेलेको टोली उतैबाट छनोट खेल्न जाने तालिका छ।

मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मङ्गलवार २३ खेलाडीको घोषणा गरेसँगै धेरै प्रतिक्रिया आएको भन्दै प्रशिक्षक अलमुताइरीले आक्रोश पोखे।

पहिलो अन्तर्राष्ट्रिय खेल खेलाउन लागेका प्रशिक्षक अलमुताइरीले नेपालको लक्ष्य साफ च्याम्पियन सिप र एएफसी कप भएको भन्दै युवा खेलाडीलाई विशेष प्राथमिकता दिएको पत्रकार सम्मेलनमा जानकारी दिए। नयाँ र पुराना खेलाडीको संयोजन गरे भन्दै उनले पत्रकार सम्मेलनमा आएका प्रतिक्रियाको खण्डन गरेका हुन्।

नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण थाल्यो

आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *