मध्यरातमा प्रतिनिधि सभा विघटन, कात्तिक २६ र मङ्सिर ३ मा मध्यावधि निर्वाचन घोषणा

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छन्।

सरकारको सिफारिसबमोजिम उनले शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गरेर आउँदो कात्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेकी हुन्।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरेर दुई चरणमा मध्यावधि निर्वाचन गर्नेगरी राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।                                            राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

शुक्रबार मध्यरात जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुवैजनाले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको समेत उल्लेख गरेकी थिइन्।

मध्यरातमा प्रतिनिधि सभा विघटन, कात्तिक २६ र मङ्सिर ३ मा मध्यावधि निर्वाचन घोषणा

YUGAAWHAN NATIONAL DAILY (2078-02-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *