किन सुरु भएन राजेशको ‘सत्यम्’को छायांकन ?

नायक राजेश हमालले ४ बर्षपछि चलचित्र ‘सत्यम्’बाट कमब्याक गर्ने तयारी गरेका छन् । यो चलचित्रमा राजेश एक्सन अवतारमा देखिदैछन् । हमाललाई केन्द्रमा राखेर निर्माण हुन लागेको चलचित्रको प्रि प्रोडक्सनको काम सकिएको निर्माणपक्षले बताएको छ ।

तर, गतबर्षबाट नै छायांकन सुरु गर्ने भनिएतापनि यो चलचित्रको छायांकन अझै सुरु हुन सकेको छैन । चलचित्रका निर्देशक शंकर कार्की कोरोना बढेपछि चलचित्रको काम सुरु हुन नसकेको बताउँछन् ।

उनले भने–‘हामीले छायांकनका लागि सबै तयारी पुरा गरिसकेका छौं । तर, कोरोना बढेपछि छायांकन सुरु गर्न सकेनौ । हाम्रो चलचित्र भिडभाडमा खिच्नुपर्नेछ । यसैले, अहिले नै संभव हुने देखिदैन ।’

एकातिर चलचित्र छायांकन गर्ने वातावरण नहुनु, अर्कोतिर रिलिज कहिलेबाट सामान्य अवस्थामा फर्किन्छ भन्ने पनि अनुमान लगाउन नसक्नु, यो चलचित्रको छायांकन सुरु हुन नसक्नुको मुख्य कारण यही हो । कोरोनाको केस कम भएर पुरानै अवस्थाको माहोल बनेपछि काम सुरु गर्ने निर्माणपक्षले बताएको छ ।

महंगो बजेटमा निर्माण हुन लागेको यो चलचित्रमा राजेश हमाल, अनुप विक्रम शाही, पल शाह लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रका लागि मुख्य नायिका भने छनोट गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

किन सुरु भएन राजेशको ‘सत्यम्’को छायांकन ?

टी-ट्वान्टी अन्तराष्ट्रियमा कमलको डेब्यु

किन सुरु भएन राजेशको ‘सत्यम्’को छायांकन ?

डर्टमण्डको सहज जित

Leave a comment

Your email address will not be published. Required fields are marked *