हिजो कर्नालीका नेतादेखि कर्मचारीसम्म जसरी भष्टाचारको लिष्टाँ अग्रपंतिमा रहे…

कर्नालीको संसदाँ आफ्ना नेताको अपमानको बदला लेका मानयीयज्यूहरु तथा मन्त्रीज्यूहरु, तपाइँहरुलाई बधाई भनेँ है त । बधाईसितै के पनि भनेँ भने हिजादिनाँ कर्नालीको सरकार भष्टाचाराँ जसरी बदनाम भा छ, त्यसरी बदनाम् हुने काम नगर्नु है ।
हिजो जसरी सातै प्रदेशाँ कर्नालीका नेतादेखि कर्मचारीसम्म जसरी भष्टाचारको लिष्टाँ अग्रपंतिमा रहे, तपाईहरु नी त्यस्तै नहुनु होला । यो कर्नालीका जनताको आग्रह हो । हिजो माओवादीहरुले कुइनाट झोल चुहिने गरी खाए, अब हाम्ले नी तिन्लेभन्दा डब्बल तरिकाले खानपर्छ, यो डेढ बर्षको अवधियाँ हिजो चुनाबाँ भा खर्च र अब हुने चुनावको खर्च उठाउनैपर्छ भनेर लाग्नु भो भने त जसरी यिनै जनताले अविर दल्याथे यिनैले कालोमोसो दल्छन् नि त्यो कुरा विचार गर्नुहोला ।
आखिर फ्लोर क्रस गरेसी हात प¥या त्यो मन्त्रालय र मन्त्री पदको दूरुपयोग नगर्ने र भ्रष्ट कर्मचारीहरुको लयमा नहिन्ने हो भने जनताको इच्छा पूरा गर्न त्यति कठिन छैन । कर्नालीमा काम गर्ने लेखा र माथिल्लो स्तरको कर्मचारीको सोच नै भ्रष्ट छ ।

उनीहरुलाई भ्रष्टाचार गर्ने ठाउँ नै नदिने र भ्रष्टाचारको उसको सोचलाई परिवर्तन गर्न सकिएन भने तत्काल त्यसलाई हटाउने अभियान चलाइयो र उ भ्रष्टभएको कुरा सार्वजनिक गरियो भने पक्कै पनि कर्नाली गन्हाउने छैन । त्यसैले नयाँ मन्त्रीज्यूहरु तपाईहरुबाट कर्नालीका जनताले केहि आश गरेका छन ।
त्यसैले हिजोका जस्ता खोक्रा नारा र आश्वासन नबाँडेर जनताको आबस्यकता के हो त्यसको पहिचान गरी त्यो काम पूरा गर्नेतिर लाग्नु भयो भने ऐले तपाइँहरुलाई लालगद्धार भन्नेहरु तपाइँप्रति नतमस्तक हुन सक्छन् ।
अन्यथा हिजोकै महेन्द्रबहादुर शाहीको सरकारको चाला रह्यो भने माओवादी मात्रै हैन एमाले र काँगे्रसको नीति पनि कमाउने र खाने रहेछ भन्ने बुझ्नेछन् जनताले । कर्नालीका जनताका शत्रु भनेका मन्त्री, कर्मचारी र उपभोक्ता समिति हुन भन्ने जनतामा रहेको छाप कसरी मेटाउनु हुन्छ ? त्यो जिम्मेवारी अब तपाइँहरको काँधाँ आछ । जान्ने बझ्ने तपाइँ मन्त्रीहरु नै हुनुहुन्छ । ऐलेलाई योभन्दा बढी के भनम् र ?
वेदर्षि






