बार्सिलोनामा प्रशिक्षकका रूपमा जाभिको पहिलो जित

काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाको नयाँ प्रशिक्षकका रुपमा आवद्ध भएका पूर्व स्टार खेलाडी जाभि हर्नान्डेजले आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेका छन् । जारी सिजन खराव लयबाट गुज्रिएको बार्सिलोनाले रोनाल्ड कोम्यानलाई बर्खास्त गर्दै जाभिलाई नयाँ प्रशिक्षकका रुपमा अनुबन्धन गरेको थियो  ।

यसअघि क्लब सम्हालेपछिको पहिलो खेलमा सेल्टाभिगोसँग पहिलो हाफमानै ३ गोलको अग्रता लिएपनि दोस्रो हाफमा तीन गोल खान पुग्दा बार्सिलोनाले खेल ३९३ को बराबरीमा चित बुझाउनु परेको थियो। तर शनिबार भने एकमात्र गोल जोगाउन सफल हुँदा बार्सिलोनाले तीन अंक हासिल गर्न सफल भयो  ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार स्पानियोललाई १९० ले पराजित गर्दा ४८ औँ मिनेटमा मेम्फिस डिपेले पाएको पेनाल्टी निर्णायक बन्यो। जितपछि बार्सिलोनाको १३ खेलबाट २० अंक भएको छ । बार्सिलोना लिगको छैटौँ स्थानमा उक्लिएको छ। १७ अंकसहित स्पानियोल ११ औँ स्थानमा छ  ।

शनिबार राति नै भएको खेलमा सेभिल्ला भने अलाभेससँग २(२ को बराबरीमा रोकियो। यद्यपि १३ खेलबाट २८ अंकसहित पहिलो स्थानमा पुगेको छ  । २८ अंक नै भएको रियल सोसिडाड दोस्रो स्थानमा झरेको छ  । ओसासुनालाई १(० ले पराजित गरेको एथ्लेटिको मड्रिड १३ खेलबाट २६ अंकसहित चौथो स्थानमा छ भने १२ खेलबाट २७ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ  ।

बार्सिलोनामा प्रशिक्षकका रूपमा जाभिको पहिलो जित

माओवादि केन्द्रको ८ वटा वडाको वडा अधिवेशन

बार्सिलोनामा प्रशिक्षकका रूपमा जाभिको पहिलो जित

कर्णालीमा घरजग्गाको मूल्यवृद्धि सबै भन्दा बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *