माधव नेपाललाई प्रधानमन्त्री बनाउने तयारीमा विपक्षी दल

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय केही घण्टा मात्रै बाँकी रहँदा विपक्षी दलले कसरत तीव्र बनाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको छलफल कांग्रेस संसदीय दलको कार्यलय सिंहदरबारमा चलिरहेको छ।

आज बिहानैदेखि छलफलमा जुटेका विपक्षी दलहरुले अहिले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएरै भएपनि ओलीलाई पदमुक्त बनाउने गरी कसरत थालेको बुझिएको छ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पनि कांग्रेसले नेता नेपाललाई प्रधानमन्त्री बनाएर जान सकिने बिषयमा छलफल गरेको थियो। कांग्रेस स्रोतका अनुसार अहिले बूढानीलकण्ठमा सबै कोणबाट छलफल चलिरहेको र नेपाललाई प्रधानमन्त्री बनाउने बिषयमा पनि परामर्श भइरहेको हो।

यसअघि नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको भएपनि आवश्यक संख्या नपुगेपछि अन्य विकल्पमा छलफल गरिरहेको हो। विहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै विकल्पमा अरु दलहरुसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए।

ओलीलाई पदमुक्त गरेर अन्य दलको नेतृत्वमा सरकार गठनका लागि नेकपा माओवादी केन्द्र पनि तयार रहेको अवस्थामा अब विपक्षी दलहरुले नेपाललाई प्रधानमन्त्री बनाएरै जान तयार हुने देखिएको छ।

नयाँ सरकार गठनका लागि दिएको समय बेलुकी ५ बजे सकिदैछ। यता नेपाल पक्षले पनि अहिले छलफल गरिरहेको छ। सिंहदरबारमा जारी छलफलमा नेता नेपालसहित उनको समूहका २० बढी सांसद उपस्थित रहेको एक नेताले बताए ।

थाहाखबर

माधव नेपाललाई प्रधानमन्त्री बनाउने तयारीमा विपक्षी दल

दुखलाई जितेकी पुजा

माधव नेपाललाई प्रधानमन्त्री बनाउने तयारीमा विपक्षी दल

१४९ सांसदको हस्ताक्षर लिएर देउवासहितका शीर्ष नेताहरु

Leave a comment

Your email address will not be published. Required fields are marked *