खोप खरिद सरकारको पहिलो प्राथामिकता – उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । बसुन्धरामा ८८ शैयाको ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ को उद्घाटन भएको छ ।

शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त आइसोलेशन सेन्टरको उद्घाटन गरेका हुन। उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्टको स्थापना र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताए।

उनले जतिसुकै बजेट लागे पनि र जुनसुकै माध्यमबाट भए पनि छिटो भन्दा छिटो खोप र अक्सिजन प्लान्ट ल्याउन प्रयत्नशील रहेको बताए।

भारत सरकारले छिट्टै नेपाललाई लिक्वीड अक्सिजन प्लान्ट सहयोग गर्ने जानकारी दिँदै उनले चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याईसक्ने बताए।

विभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र प्रतिबद्धता अनुसारको सहयोग आउने क्रम पनि जारी रहेको उनको भनाई छ।

खोप खरिद सरकारको पहिलो प्राथामिकता – उपप्रधानमन्त्री पोखरेल

सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

खोप खरिद सरकारको पहिलो प्राथामिकता – उपप्रधानमन्त्री पोखरेल

दुखलाई जितेकी पुजा

Leave a comment

Your email address will not be published. Required fields are marked *