५ बजेसम्म म पनि बहुमत जुटाउने प्रयासमा छु : ओली

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संविधानको धारा ७६ (५) अनुसार पनि प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका छन् । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै उनले राष्ट्रपतिले दिएको साँझ ५ बजेसम्मको समयमा सरकार बनाउनका लागि बहुमत जुटाउने प्रयासमा रहेको बताए ।

‘अहिलेसम्म त म सँग १ सय २१ मत भार छ नि, त्यसो हुँदा त मलाई बहुमत पुर्‍याउन अहिले सजिलो होला कि भनेर कोशिश गरिरहेको छु, उनले भने, यदि समर्थन प्राप्त भयो र राष्ट्रपतिलाई भरपर्दो लाग्यो भने र उहाँले नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु ।’

उनले फेरि एक महिनाभित्र विश्वासको मत लिने तर त्यतिबेला पनि विश्वासको मत नपाए स्वतः संसद विघटन हुने बताए। ‘सरकार बनाएँ भने एक महिनाभित्र विश्वासको मत लिनेछु, उनले भने, त्यसबेला पनि विश्वासको मत कसैले दिएन भने संसद विघटन गर्यो भन्न पाइने छैन ।’

५ बजेसम्म म पनि बहुमत जुटाउने प्रयासमा छु : ओली

‘राधे’ बन्यो, ६५ भन्दा बढी देशका टिभीमा

Leave a comment

Your email address will not be published. Required fields are marked *