अक्सिजन प्लान्ट भनी कन्सन्ट्रेटर जडानपछि प्रदेशको टोलीद्वारा अनुगमन

सल्यान : सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान भएको विषयमा कर्णाली प्रदेशको ध्यानाकर्षण भएको छ। स्वास्थ्य सामाग्री खरिदमा व्यापक घोटाला भएको भन्दै उजुरी परे पनि कर्णाली प्रदेश सुर्खेतबाट प्रदेशस्तरीय टोलीले अस्पतालको अनुगमन गरेको छ।

अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान भएपछि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको हो।

अनुगमनपछि पत्रकारहरुसँग कुराकानी गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा शाखा प्रमुख डा. तिवारीले टिममा बायोमेडिकल इन्जिनियर पनि रहेको बताए। अस्पतालमा जडान गरिएको मेसिनका बारेमा तीन दिनभित्रमै सामाजिक विकास मन्त्रालयमा अनुगमन प्रतिवेदन पेस गर्ने जानकारी दिए। ‘प्राविधिक विषयमा अहिले नै केही भन्न मिल्दैन उनले भने, ‘सबै कुरा प्रतिवेदनमा समावेश गरिनेछ।’

स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुस १३ गते अक्सिजन प्लान्ट जडानका लागि गरेको टेन्डरअनुसार ड्रयागन मेडिटेक प्रालि सुर्खेतले अक्सिजन कन्सन्ट्रेटर शनिबार जडान गरेको थियो।

प्रदेश सरकारले विनियोजन गरेको ५८ लाख रकम मध्येबाट ४० लाखको अक्सिजन प्लान्ट जडान गर्ने र १८ लाखको पाइप लाइन जडान गर्ने कार्यक्रम रहेको थियो।

करिब ४० लाख बजेटको अक्सिजन प्लान्टका नाममा करिब ३ लाख रकम मात्राको अक्सिजन कन्सन्ट्रेटर जडान गरी झन्डै ३६ लाख आर्थिक अनियमितता गर्न खोजेको भन्दै आलोचना भइरहेको छ।

अक्सिजन प्लान्ट भनी कन्सन्ट्रेटर जडानपछि प्रदेशको टोलीद्वारा अनुगमन

ओलीको आग्रह : मैले हात उठाएँ त,

Leave a comment

Your email address will not be published. Required fields are marked *