प्रदेश अस्पतालमा कोराना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन सुरु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले कोरोना संक्रमणपछि उपचारका क्रममा निधन भएकाहरुको शव तत्काल व्यवस्थापन गर्न सुरु गरेको छ ।

यसअघि मृतकको शव २१ घण्टासम्म शय्यामा रहँदा उपचाररत अन्य विरामी, कुरुवा र स्वास्थ्यकर्मीमा समेत त्रास उत्पन्न भएको थियो ।

यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालले अस्पताल व्यवस्थापन समूह तथा अन्य सरोकारवाला निकायसँगको पहलमा उक्त कार्य सुरु गरिएको बताए ।

‘प्रदेशको सामाजिक विकास समितिले पनि यसबारेमा ध्यानाकर्षण गराएको थियो ।’ प्रजिअ रिजालले भने, ‘हामीले अहिलेलाई मृत्यु भएलगत्तै शव गृहमा राख्ने व्यवस्था मिलाएका छौं । यसबाट उपचार गराइरहेका नागरिकलाई मनोवैज्ञानिक असर नपर्नेमा हामी ढुक्क छौं ।’

प्रदेश अस्पतालमा कोराना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन सुरु

पूर्व सहायक मन्त्री डा. प्रेमबहादुर शाहीको निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *