अदालतमा माधव समूह : ‘ओलीले कारबाही गर्न सक्छन्, रोकिपाउँ’

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले अदालतलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही गर्नसक्ने भएकाले रोक्न भन्दै अदालत पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत एकलौटी निर्णय गरेर आफू पक्षका सांसदलाई कारबाही गर्न खोजेको आरोप लगाएका छन् ।

नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाएर रिट दायर गरेका छन् । नेपाल समूहले अदालतमा पेश गरेको रिटमा भनिएको छ, ‘उल्लेखित अनाधिकृत निर्णयका आधारमा गरिएको कारबाहीलाई आधार मानि निवेदकहरूलाई पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेको भनी कारबाही गर्नसक्ने पूर्ण आशंका भएकोले त्यस्तो कार्य प्रतिषेधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेशसमेत जारी गरिपाऊँ।’

पार्टीका अध्यक्षले थप कारबाही गरी कार्यान्वयनको लागि प्रतिनिधिसभा तथा संसद सचिवालयमा पठाउन सक्ने भएकोले गैरकानुनी काम कारबाहीको कार्यान्वयन नगर्नु नगराउनु भन्ने प्रयोजनको लागि सभामुखलाई प्रत्यार्थी बनाइएकोले सोसम्बन्धी अनियमित काम कारबाहीको कार्यान्वयन नगर्नु नगराउनु भनी प्रत्यार्थी सभामुख, संघीय संसद् सचिवालयको नाममा परमादेशको आदेश गर्नसमेत माग गरेका छन् । ओलीले एकलौटी रुपमा पार्टीभित्र गरेको हालसम्मको निर्णय फिर्ता गर्नसमेत उनीहरुले माग गरेका छन्।

अदालतमा माधव समूह : ‘ओलीले कारबाही गर्न सक्छन्, रोकिपाउँ’

भारतमा एकै दिन थपिए करिब ३ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *