पहिलो पटक योजनामा समेटिए ८९ विद्यालय

कालिकोट ।  राष्ट्रिय योजना आयोगबाट यसपालि कालीकोट जिल्लालाई केन्द्रित गरेर ८९ वटा योजनाको अख्तियारी आएको छ । विद्यालय केन्द्रित योजना सबैभन्दा बढी आएका हुन् ।

पहिलो पटक कालीकोटका मीनबहादुर शाही आयोग सदस्यमा नियुक्त भएपछि जिल्लामा योजनाको चाङ लागेको हो । जिल्लाको खाँडाचक्र नगरपालिकामा सबैभन्दा बढी विद्यालय योजना छनेट भएका छन्् । माध्यमिकदेखि आधारभूत विद्यालयलाई केन्द्रित गरेर योजना छनेट भएका छन् ।

योजना आयोगका सदस्य तथा प्रवक्ता शाहीले विकासमा निकै पछि परेको कालीकोटलगायत जिल्लालाई यसपालि बजेटमा प्राथमिकता दिइएको बताए । उनले कालीकोटसँगै हुम्ला, जुम्ला, मुगु, मनाङ, मुस्ताङ, बाजुरालगायत जिल्लाको विद्यालय सुधार योजना केन्द्रित भएको जानकारी दिए ।

प्रवक्ता शाहीले शिक्षामा पछि परेका जिल्लाको शैक्षिक गुणस्तर माथि लैलान आयोगबाट विद्यालय सुधारका लागि योजना केन्द्रित रहेको धारणा व्यक्त गरे । कालीकोटको रास्कोटका लालीगुराँस आधारभूत विद्यालय चुडिमूल, कालिका आधारभूत विद्यालय लहरेला, अन्नपूर्ण मावि बडरुख, सिमुनाथ आधारभूत विद्यालय वसन्तपुर, विजयपुर आधारभूत विद्यालय साहुबाडा, पञ्च आधारभूत विद्यालय पुच्छेगाउँलगायतका विद्यालय छन् ।

पहिलो पटक योजनामा समेटिए ८९ विद्यालय

YUGAAWHAN NATIONAL DAILY (2078-01-08)

पहिलो पटक योजनामा समेटिए ८९ विद्यालय

दैलेखमा संक्रमण तीव्र

Leave a comment

Your email address will not be published. Required fields are marked *