भारतद्वारा सप्तकोसी सम्झौताविपरीत नेपाली भूमिमा बोर्ड

पत्रपत्रिका । मंगलबार जनतासमाचार डट्कम मा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण पुष्टि, सुनको भाउ घट्यो, चाँदी भने स्थिर, माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, समर्थन फिर्ताबारे अनिर्णित र नेकपा एमालेको ७२ औं स्थापना दिवसका कार्यक्रम स्थगित लगायतका शीर्षकमा समाचार प्रकाशित गरिए ।
बुधबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन् । पत्रिकाहरुले भारत किन बुझ्न मान्दैन ?, कसले फुटाउँदैछ एमाले ?, तीन दल तीनतिर र समुदायमा ब्याप्त अन्धोपन हटाउन रुइत र कोहलीको अभियान लगायतका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

कान्तिपुर दैनिक ले ‘एमाले ‘फुटको डिलमा’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा नेपाल पक्षमा ३८ सांसद रहे पनि सत्ता बचाउनेरभत्काउने समीकरण हुँदा आफूलाई धोका दिने सम्भावना देखेका २७ सांसदलाई ओलीले स्पष्टीकरण सोधेको समाचारमा उल्लेख छ । समाचारअनुसार कर्णालीका पाँच सांसद पनि कारबाही प्रक्रियामा रहेका समाचारमा छापिएको छ ।
त्यसैगरी पत्रिकाले ‘४५ को सिमी एक महिनामै १४०’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा खरिद गरेको कही दिनसम्म ताजै रहने, छिटो नसड्ने र तरकारीमा स्वास्थ्यवद्र्धक गेडागुडी खोज्नेहरुले घिउसिमी किन्ने गरेको उल्लेख छ । समाचारअनुसार चैत सात मा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीमा लोकल घिउसिमी थोकमा प्रतिकेजी औसत ४५ रुपैयाँ थियो ।
मंगलबार वैशाख सात मा यसको भाउ प्रतितोला १ सय ४० रुपैयाँ पुगेमो समाचारमा छापिएको छ । पत्रिकाले मंगलबार ११ जनाको मृत्यु, थपिए १७३६ संक्रमित, बाँकेमा लकडाउन गर्न सिफारिस र कोभिडबारे मापदण्ड बालुवाटारबाटै उल्लंघन लगायत शीर्षकका समाचार महत्वका साथ छापेको छ ।
आजको नयाँ पत्रिका दैनिकले ‘तिलगंगाले विश्वका १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गर्ने’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतले बेलायती अर्बपति तेज कोहलीसँगको सहकार्यमा विश्वका १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने समाचारमा उल्लेख छ । समाचारअनुसार मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. सन्दुक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गरिएको समाचारमा छापिएको छ।
‘करारका १ सय ३८ कर्मचारीलाई स्थायी बनाउँदै काठमाडौं महानगर’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा काठमाडौं महानगरले करार सेवाका कर्मचारीलाई स्थायी पदपूर्ति गर्न प्रक्रिया अगाडि बढाएको एक महिना पुगेको उल्लेख छ । समाचारअनुसार महानगरको विशेष अधिवेशनको तेस्रो बैठकले २६ फागुनमा काठमाडौं महानगरमा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक २०७७ स्वीकृत गरेको समाचारमा छापिएको छ । पत्रिकाले नौ हजारमा नक्कली पिसिआर रिपोर्ट: दुई ल्याब सञ्चालकसहित आठजना पक्राउ, ‘ओलीको पत्र अवैध छ’ : खनाल र वामपन्थ कि रामपन्थ ? लगायत शीर्षकका समाचार तथा विचार छापेको छ ।
‘भारतद्वारा सहमतिविपरीत नेपाली भूमिमा बोर्ड’ शीर्षकको समाचार आजको नागरिक दैनिकले महत्वका साथ छापेको छ । समाचारअनुसार भारतले सप्तकोसी सम्झौताविपरीत नेपाली भूमिमा बोर्ड राखेको उल्लेख छ ।
कोसीको पूर्वी तटबन्ध क्षेत्रमा भारत सरकारको बोर्ड राखेको हो । भारतले नेपाली भूमिमा भारत सरकारको बोर्ड राख्नु कूटनीतिक मान्यताविपरीत भएको समाचारमा छापिएको छ । त्यसैगरी पत्रिकाले अख्तियारका पूर्व प्रमुखआयुक्त बस्नेत अस्वस्थ्य, अस्पताल भर्ना, प्रेस स्वतन्त्रता इन्डेक्समा नेपाल १०६ औं स्थानमा र थोरै पाहुनासँग रमाएको ठमेल लगायतका शीर्षकमा समाचार छापेको छ ।
आजको गोरखापत्र दैनिकले ‘स्वास्थ्य मापदण्ड पालनामा कडाइ’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको समाचारमा उल्लेख छ ।
पत्रिकाले महामारीलाई हलुका ढङ्गले नलिउँ, अयोध्यापुरीमा राम- सीता मूर्तिका प्राणप्रतिष्ठा आज र नेपालसहित २७ जनालाई स्पष्टिकरण लगायत शीर्षकका समाचार छापेको छ।






