तिलाका १४ बस्ती छुइगोठमुत्त

जुम्ला :  तिला गाउँपालिका र गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा छुइगोठ मुक्त अभियान जारी रहेको छ । समाजमा विकृतिका रूपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको हो ।

‘छाउपडी महिलाको वृद्धि विकासको बाधक हो, ‘तिला गाउँपालिकाकी उपाध्यक्ष तथा सामाजिक अभियन्ता विष्णु बुढा भन्छिन्, ‘महिला सशक्तीकरण, लैङ्गिक समानता र विभेद न्यूनीकरणका लागि यो अभियान एक नमुना कार्य हो ।’

उनले हालसम्म बस्ती र तिला गाउँपालिकाका १४ बस्ती छुइगोठ मुक्त भएको बताइन् । सर्वोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्ती छाउगोठ मुक्त हुँदै छन् । स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तीव्र गतिमा अघि बढेको सर्वोदय नेपालका केन्द्रीय कार्यकारी निर्देशक धनबहादुर ऐरले बताए ।

उनले २०२१ सम्म पूरै गाउँपालिकालाई छाउगोठ मुक्त बनाइसक्ने रणनीति तयार पारेअनुसार सहयोग रहेको बताए । उनले छाउपडी महिलामाथिको हिंसात्मक रूपमा बल्झिएको बताए । त्यस्तै सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले छाउगोठ मुक्त बस्ती घोषणा गर्न मासिक दुईपटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरेको जानकारी दिए ।

उनले प्रत्येक ३ महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका कारण महिला दिदीबहिनीमा परिवर्तन आएको बताए । उनले थपे, ‘त्यो समयमा छाउपडी बार्ने र नबार्ने संख्या यकिन हुने गर्छ । त्यसपछि गाउँ तथा बस्ती स्तरीय सामूहिक प्रतिबद्धता र हस्ताक्षर संकलन गरिन्छ ।’ त्यो अवधिसम्म छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेका समस्याबारे जनचेतना अभिवृद्धिका कार्यक्रम भइरहेका छन् ।

तिलाका १४ बस्ती छुइगोठमुत्त

दुखले सिकाएको सामाजिक सेवा

Leave a comment

Your email address will not be published. Required fields are marked *