दुखले सिकाएको सामाजिक सेवा

वाजे कर्ण सिं गुरुङ वावु पदम वहादुर गुरुङ आमा मन्कला गुरुङ चिगाड गा.पा.१ च्यारकुले गा“उ सुर्खेतमा २००८ साल फाल्गुनमा मोहोन दास गुरुङ जन्मे को हु। सात वर्षको हुदा“ गुमी पण्डित काल्न सुर्खेतमा पढाई शुरु गरेको थिए । २०१९ सालमा च्यारकुलेवाट हालको गुर्वाकोट न.पा का“चपाते गुमीमा वस्ती सरेर आयौ. २०२४ सालमा ५ कक्ष्ाँ अध्ययन गर्दै थिए ।

,गुरु वावुराम गौतमले गुमी माथि शिकारीवास टोटके घुयलपानी अध्यापन गर्न पठाउनु भयो । मासिक रु ३० तलव र खाना खाने व्यवस्था अभिभावकहरुले नै दिनु भएको थियो । पण्डित काल्नावाट विधालय गुमी वेसीमा झरेपछी ६ कक्षा अध्ययन गर्दा गर्दै आमाको मृत्यु हुन गयो । त्यसपछी अध्यन गर्ने घरमा वातावरण मिलेन । २०२२ सालमा मामाकी छोरी तिलसरा गुरुङसंग मागि विवाह गरियो ।

२०२६ सालमा भाद्रमा हालको शारदा मा.वि .छिन्चु सुर्खेत गगामाला देउती वज्यै थान तल छाप्रोमा अध्यापन शुरु गराएको थिए । त्यो समयमा त्तकालीन छिन्चु पंचायतका वार्ड सदस्य टेक वहादुर माझिले रु ७० चन्दा अभिभावकवाट उठाई मासिक तलब दिने खाना खाने अभिभावकहरुवाट सिधा दिने व्यवस्था गराई दिनु भएको थियो । त्यो समय सुर्खेत जिल्ला पन्चायत सदस्य तुल्सी प्रशाद शर्मा विधालय संचालन गरेको स्थानमा पुग्नु भयो ।

वाहाले यो स्थानमा हाट जाने हटारुहरु वास वस्छन पढाई वाधा हुन्छ अलिपर खेत तिर छाप्रो वनाएर चलाउदा राम्रो होला भन्नु भयो । त्यसपछी वार्ड सदस्य राजिले आफनो खेतवारीमा छाप्रो वनाई चलाउन लगाउनु भएको थियो । एकवर्ष अध्यापन गरे पछि २०२७ सालमा पुनरवास कम्पनी वर्दिया गै जग्गा प्राप्त गरी पहिले जमुनी गाउ“ पन्चायत हाल वडैयाताल गाउ“पालिका ठुलाडा“फे वस्ती सरेर सपरिवार गयांै ।

आमाको मृत्यु हुदा“ वाल्यकालमा पाएको दुखले १४,१५ वर्ष हुदा“ दुखपाएका वालवालीकाको सेवा भावना उर्लेर आएको थियो । लगातार छोरीहरु जन्मदै गए । उनिहरु हुर्काउनु पर्दा अध्यन गर्न इच्छा छाडीदिएको थिए । डेढवर्ष वा“के खजुरामा कृषि फाराममा रु ४ मैले रु ३ मा श्रीमती प्रतिदिन ज्यालामा काम गरेका थियौ ।

त्यसपछि म २०२८ सालमा माघ महिना छोरीहरु साथमा लिएर भारतको उ प्र. को हरदोई भन्ने स्थानमा कृषि फाराम दुवै लोग्ने स्वास्नीले भाडाको मज्दुरी गरियो । त्यहा“को मजदुरी गर्दा कक्षा ५ मा पढदा महाकवि लक्षमी प्रशाद देवकोटाको मुनामदन खण्डकाव्यको निम्न श्लोकको झल्को आउन थाल्यो ।

हातका मैला सुनको थैला के ग¥यो धनले। साग सिस्नु खाएको वेश आनन्दी मनले।। आफनै स्वदेशमा वसी साग सिस्नो खाएर वस्न नै स्वर्ग रहेछ । अर्काको मुलुकमा श्रम पोखेर खाना पाए कति गौरवले वा“चिदो रहेछ भन्ने भारतियहरुले वहादुर भनि हेप्दा सपरिवार लिएर २०४१ सालमा नेपाल पर्किएर घर गए घरमा म वढि सामाजिक काममा लाग्ने वुवा मेरो विचारमा मतभेद हु“दा सपरिवार लिएर कुनै सामाजिक संस्थामा सेवामुलक काम खोज्न नेपालगन्ज पुगी काम खोज्न थाले ।

एकदिन श्रीमती अलि विरामी जस्तो भईन । रुपैडिया प्रेम सेवामा निशुल्क उपचार गर्छु भनि लिएर गए । त्या“हा नै सेवा सुविधा सवै निशुल्क पाएर औंसधि लियौं । यस्तै संस्थामा केहिकाम गर्न पाएला कि त्याहा“का सेवा प्रमुख संग आफनो कुरा राखे । हाकिमले मलाई किलिनिकमा वसी विरामी भएर आउनेलाई स्वाथ्य सम्बन्धी जनचेतना वढाउने सम्वोधन गर्न सक्ने र आधा समय यसै कम्पाउण्डमा रहेको चिल्डेन अनाथ वालवालिका असाय वालवालिका स्यारसुसार काम दिन सकिन्छ ।

यदि यो काममा तपाईले गर्न सक्नु हुन्छ भने हामीलाई एकजान दक्ष व्यक्ति चाहेको छ । सक्ने भए आजदेखी काम शुरु गरिहाल्नु भने । त्यहि दिन देखि परिवार नेपालगन्ज भाडामा वसाली त्यही सेवामा सेवागरे वापत आउने रोजगारी गुजरा चलाई २०४६ साल सम्म वसे । त्या“हा को सेवाले मन नवुझी नेपालकै कुनै भागमा वसी नेपाली अनाथ वालवालिकाहरुको सेवा गर्न पाए हुन्थ्यो भन्ने मनमा हरवखत आईरहन थाल्यो ।

अव आफनै पुरानो थातथलो सर्खेत नै जान्छु भनि स परिवार लिएर विरेन्द्रनगर आए त्यही“ समयमा नेपालको रेस्केयु र भारतको टेनचाईलेन्ज भन्ने गैर सरकारी संस्थाले को संयुक्त पहलमा मलाइ पनि भाडाको मुम्वई सहरको अवलोकन गर्न जाउ , तपाई पनि सामाजिक काम गर्न भएको मानिस हुनु हुदो“ रहेछ भनि लिएर गयौं ।

वम्वको अधेरी रेडलाईट एरीयाको वेश्यालय अवलोकन गर्न जा“दा भारतको विभिन्न प्रान्त र नेपालको सुर्खेत विरेन्द्रनगर मसुरीखेतकी महिला वेचिएकी रहेछन । उनिहरुको कथावेथा सुनेर म धेरै भावुक भए। यि दुई संस्थाले यस्था वेचिएका चेली कसरी उदार गरेर परिवार सम्म पु¥याउने , यदि परिवारले नसमाले उनिहरुलाई कसरी आत्मा निर्भर वनाउने भन्ने लक्क्ष रहेको थियो ।

म त्यो एक दिनको अधेरी अवलोकन चेलीको जिवन गरिव र अनाथ टुहरा हु“दा वदमास मानव तस्करहरुले कसरी तस्करी गर्दा रहेछन भन्ने कुराले धेरै भावुक वनायो । नेपाल फर्केर आएपछी वनभोजखान विभिन्न संघ सस्थाहरुले वोलाए पछी झुप्प्रा खोला दोभान पुगीयो ।
त्यहा“ सुर्खेत नेपालगन्ज सडकमा मजदुरी गर्दै भेरीपुल निमार्ण कार्य सम्पन्न गर्दा सम्म दुवै लोग्ने स्वास्नीले कामगरी छोराछोरी हुर्काउने काम गरेछन। श्रीमान पुर्व घर पुगेर आउछु भनि गएका पर्केर आएनछन ।

त्यो वनभोजमा ति महिला छोराछोरी लिएर खाना देऊ भनि आईन र खाना दियौ ं। उनले भनिन २ छोरी एक छोरा पाल्न दाउरा विरेन्द्रनगर लिएर वेची गुजरा चलाई रहेको छु। मेरो छोरीको जिन्दगी मेरो जस्तो नहोस के गरु छोराछोरी को विजोक छ भनिन । मैले आफु वस्ने ठेगाना उनलाई दिए ।

केही गर्न सकिए छ भने गरौला भनि आस्वासन दिए । उनको दुखको कुरा ले थप मलाई भावुक वनाएको थियो । म परिवार सहित वि.न.पा लाटावहिरा स्कुल ,पछाडी खजुरा शिव प्रोखेलको घरमा केही महिना वसेको थिए । एकदीन मानवहादुर नेपाली सपरिवार वसिरहेको समय एक दिन तिनै झुप्रा खोला वस्ने दिलमाया वुढा अचानक आइन मलाई भेटेपछी रुना थालिन । मैले उनलाई सोधे के के कारण ले रुन्छौ भनि सोध्दा ,आ“सु पुछदै ।

भनिन , मेरो जिवन त जे भयो भयो । त्यो लोग्ने भनाउदो पुर्व गएको अहिले सम्म आएन , अव आउदैन होला ? भेरी किनारमा झुप्रो हालेर बसेकी छु। दाउरा वेचेर कसरी छोराछोरी पालु। पढाईलेखाई केही गर्न सकिन । अव मेरो छोरीको जिन्दगी मेरो जस्तो नहोस भनि दश औला जोडी भनेपछी म अत्यन्त भावुक बन्न पुगे हल्का सान्तोना दिदै भने कुनै व्यवस्थापन गर्न सके भने गरुला भनि पठाए ।

मनमा रातदिन तिनै दुखी दिलमाया कुरा खेल्न थाल्यो । अब कसरी उदार गर्न सकिएला भनि सोच्न थाले । आफनो पनि खासै कुनै आय आर्जनको मेलो छैन । हाम्रो वाजे वज्यै भनेको सम्झे “ त आ“ट इस्वरले पु¥याउने छ ”। म संग एउटा मोटर वाएक भर्खर किनेको थिए। त्यही वाईक वेचेर पहिलो खुटकिलो चढछु भनि वाइक किन्ने मान्छे खोज्न थाले त्यहीका“ व्यापारी याम व घर्तिले ६० हजारमा २०÷२० हजार हजार किस्ता गरेर तिन किस्ता गरे दिन्छु भने पछी वेचे ।

त्यो किस्ता रकमले अहिले घुर्सा रोड दिपनगरको ४ कठा जग्गा किने । आमफनो भागको जगा वेची ३ कोठाको भवन निमार्ण गरे । २०५५ सालमा ठुलीछोरीको विवाह गर्दा दिएका ३० वटा खपडेथाल ३० पलेट ३० गिलास उनले आफनो घर लिएकी थिईन मसंग थिए । छारीलाई नव जिवन वाल संरक्षण केन्द्र खोल्न थालको छ ।

वच्चा वच्चीलाई तत्काल खानपिन गर्न समान खरिद गर्न नस्कने भए के गरु भन्दा छोरीले तिनै तपाइले वविाहमा दिएका समान खानपिनका लागी प्रयोग गनु वुवा भनिन ।
शुरुमा तिनै दिलमाया वुढि कि जेठी छोरी ………… कान्छी याम कुमारी छोरा धने वि.सी अरु २ जना गरी ५ जना अनाथ वालवालिकाहरुवाट आवासिय गराएर सेवा गर्न २०५५ सालबाट शुरु गरे । तिनिहरुलाई सरकारी गैरसरकारी विधालयमा अध्यन गराउन थाले ।

भवन जग्गा निशुल्क दिदै सपरिवार तिनीहरुकै रेखदेख लागीयो । वढि जसो कर्णालीका दश जिल्लावाट देशको अन्य भागवाट कमि आवासिए भएर विभिन्न संघसंस्था व्यक्ति मार्फत आउनथालेपछी २०६६ सालमा प्रमुख जिल्ला अधिकारी कार्यलय सुर्खेत मा दर्तागरी कर समेत नेपाल सरकारलाई वुझाउदै चलाइरहेका छ । यस संस्थामा हुकाई पढाई सकेर उमेर पुगेपछी विवाह समेत गरिदिएको छ ।

कति स्वदेश विदेशमा रोजगारी गरिरहेका छन। २०७७ सालमा तिनीहरुले नै २०० सि.सि. को तिनलाख ८५ हजार रातो पल्सर मोटर वाईक किनी मलाई दिदा तिमीहरुको आवश्यक्ता पुरागर भन्दापनी तपाइहरु नै हाम्रो आमावुवा हो यति त सहयोग लिन प¥यो भनि कर गर्दा लिएर प्रयोग गरिरहेछु। एक विघा जमिन भाडामा लिएर अन्न उत्पादन र भैसि पालन गरी दुधको व्यवस्था गरिरहेको छ ।

विभिन्न व्यक्ति संस्थाहरुले देशविदेशवाट सहयोग पनी प्राप्त भैरहेको छ । भारत श्रीलङका थाईल्याण्ड नेपाल गरी दर्जन भन्दा वढी आवर्ड प्राप्त गरेको छु। हाल यस केन्द्रका १४ केटा र २१ केटी गरी ३५ जना एउटा परिचारीका श्रीमती र कान्छी छोरी आवासिय रहेका छौ ।

मनमा सधै महाकवि लक्ष्मी प्रशादको ” यात्री कविता पंक्ति याद आईरहन्छ । कुन मन्दीर जान्छौ यात्री कुन मन्दीरको दवार । नसा नदिका तरल तरंन्गा मन्दीर आफै अपार ।।

दुखले सिकाएको सामाजिक सेवा

शान्तिले डराउँदै प्रेमपत्रको जवाफ पठाएकी थिइन

दुखले सिकाएको सामाजिक सेवा

तिलाका १४ बस्ती छुइगोठमुत्त

Leave a comment

Your email address will not be published. Required fields are marked *