नासाले मंगल ग्रहमा हेलिकोप्टर उडायो

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा हेलिकोप्टर उडाएको छ । यो अभियान सफल भएसँगै ठूलो उपलब्धि हासिल भएको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

नासाले मंगल ग्रहमा एक सानो हेलिकोप्टर उडाएको हो। अब त्यहाँ थप साहसी उडान भएको देख्न पाइने विश्वकै अग्रणी अन्तरिक्ष संस्थाले दाबी गरेको छ ।

नासाले मंगल ग्रहमा उडाएको ड्रोन प्रकृतिको हेलिकोप्टरको नाम इनजेनिटी भएको थाहा लागेको छ । ब्रह्माण्डमै एक ग्रहमा बनेको एयरक्राफ्टबाट अर्को ग्रहमा सञ्चालन र नियन्त्रण गरिएको यो पहिलो उडान हो ।

नासाले मंगलबार यो उडानबारे जानकारी दिएको हो। उडान मंगल ग्रहकै एक उपग्रहबाट गरिएको थियो । उडान भरेको हेलिकोप्टरले पृथ्वीमा तथ्यांक पठाएको थियो।

अब प्रविधिका सीमाबारे इञ्जिनियरको टोलीले जाँच गरेपछि इनजेनिटीले अझै उचाइ र थप लामो दूरीमा उडान भर्न निर्देश गरिनेछ ।

नासाले मंगल ग्रहमा हेलिकोप्टर उडायो

दोस्रो डोज कोरोना खोप लगाएपछि भारतका पूर्वप्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *